Class 11 Compulsory Nepali Model Question with Solution 2079 (अनिवार्य नेपाली, कक्षा ११)

Class 11 Compulsory Nepali Model Question with Solution 2079 (अनिवार्य नेपाली, कक्षा ११)

Class 11 Compulsory Nepali Model Question with Solution 2079 (अनिवार्य नेपाली, कक्षा ११)


नमुना प्रश्नोत्तर

अनिवार्य नेपाली

नयाँ पाठ्यक्रम अनुसार,२०

 

कक्षा:११                                                                                    समय:३ घण्टा

 

१) तलको अनुच्छेदमा रेखाङ्कित वर्णहरुलाई उच्चारण स्थान र उच्चारण प्रयत्नका आधारमा चिनाउनुहोस् :             (३)

जीवन एउटा प्रवाहशील नदी हो । यो सामुद्रिक नाविहरुको यात्रा जस्तै हो, सलाई हामी निरन्तर दौडाइरहेका हुँदा हेछौँ ।

उत्तर :

वर्ण

उच्चारण स्थान

उच्चारण प्रयत्न

कण्ठ्य

वत्सर्य/दन्त्मूलीय

वत्सर्य/दन्त्मूलीय

स्पर्शी

स्पर्श सङ्घर्षी

प्रकम्पित

 

२) शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :               (३)

खोलो अचेल फेरी गाउँतिर सोझिएको रहे छ । यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नू खोलाप्रति अन्याए ठहर्ला । यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो बिगतको लगभग आधार उमेर यहि खोलाको डिल र बगरहरुमा बितेको थियो।

उत्तर :

खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ । यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला । यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो विगतको लगभग आधार उमेर यही खोलाको डिल र बगरहरुमा बितेको थियो ।

३) तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :               (२)

 

पढेको मान्छे असल हुन्छ । उससँग राम्रो ज्ञान हुन्छ । उसले देशमा परिवर्तनको ज्वाला दनदनी दन्काउन सक्छ तर यहाँ यस्ता मान्छेहरु नै पलायन भइसके ।

उत्तर :

 

शब्द

वर्ग

मान्छे

राम्रो

दनदनी

नै

नाम

विशेषण

क्रियायोगी

निपात

 

 

४) दिइएका प्रश्नको उत्तर दिनुहोस ।           (४)

 

क) तलको अनुच्छेदबाट दुईवटा तत्सम र दुईवटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

 

अनलाइन पत्रकारिता आधुनिक युगको विशिष्ट उपलब्धि हो । अनलाइन पत्रकारिताको विकास अमेरिकाबाट भएको हो । यसमा खास गरी कम्प्युटर र टेलिफोनको प्रयोग गरिन्छ । यसले इन्टरनेट सञ्जाल र वेबसाइटका माध्यमबाट सूचना सम्प्रेषण गर्दछ । विद्युतीय साधनको प्रयोग गरिने हुनाले यसलाई विद्युतीय सञ्चार पनि भनिन्छ ।

उत्तर:

तत्सम

आगन्तुक

विशिष्ट

सम्प्रेषण

अनलाइन

वेबसाइट

 

ख) तलका शब्दहरुलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।

ज्ञान, सूचना, त्रिशूल, क्षेत्रीय

 

उत्तर:

क्षेत्रीय, ज्ञान, त्रिशूल, सूचना

 

५) दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्।             (३)

 

सरकारले निषेधाज्ञा जारी गरेकै समयमा पूर्ण इजलासले उसलाई कायलनामा गराएर गैरन्यायिक काम गरेको भन्दै उत्प्रेषण गरिपाऊँ भनी दिएको निवेदन मुल्तबीमा राखिदिएछन् ।

उत्तर :

Ø निषेधाज्ञा (कुनै खास ठाउँमा आवत जावत गर्न वा गतिविधि सञ्चालन गर्न निषेध गरिने आदेश)

·      प्रतिकूल अवस्थामा राज्यले निषेधाज्ञा जारी गरेको ठाउँमा हिँडडुल गर्दा कारबाहीमा परिने डर हुन्छ ।

 

Ø कायलनामा (कसुर स्वीकार गरेर लेखिएको कागज)

·      रामले आफ्नो अपराध स्वीकार गरी अदालतसामु कायलनामा लेखिदियो ।

 

Ø मुल्तबी (पछि टुङ्गो लगाउने गरी स्थगित गरिएको मुद्दा)

·      जिल्ला अदालतले आज फैसला गर्ने भनिएको राम र श्यामको मुद्दा त मुल्तबीमा पो राखेछ ।

अथवा

तलको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै विद्यालयमा पढ्न आएको विद्यार्थी शिक्षकको आँखा छलेर धुइँधुइँती जुलुसतिर धाउँछ बा ! यो के तरिका हो ?

उत्तर:

 

अनुकरणात्मक शब्द

धुइँधुइँती = ए भाइ ! एकाबिहानै धुइँधुइँती कता हिँडेको ?

 

उखान

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर = मन्त्रालयमा बसेर शिक्षा सम्बन्धी नीति र योजना तर्जुमा गर्नु पर्ने मन्त्री जहाँ जहाँ सभा त्यहीँ त्यहीँ भाषण ठोक्न जान्छन्; यो त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भएन र ?

 

टुक्का

आँखा छल्नु = शिक्षकको आँखा छल्ने विद्यार्थी कहिल्यै काम लाग्दैन ।

 

६) कुनै दुई प्रश्नको उत्तर दिनुहोस ।       (४)

 

क) तलको अनुच्छेदबाट दुईवटा उपसर्ग व्युत्पन्न र दुईवटा प्रत्यय व्यत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

 

शिक्षा र प्रशासनका क्षेत्रमा गरिएको आरक्षणको व्यवस्थाले एकातर्फ पिछडिएका वर्ग र समुदाय तथा दुर्गम भेगका जनतालाई अग्रसर गराउन मदत मिलेको छ भने अर्कातर्फ बौद्धिक क्षमता भएका दक्ष र प्रतिष्पर्धी जनशक्ति पछाडि परेका छन् । विभिन्न वर्गका मानिसको वैयक्तिका विशेषताको कदरका साथै कुनै जातिको भएको भरमा अवसरबाट कोही पनि वञ्चित हुनु हुँदैन ।

 

उपसर्ग व्युत्पन्न शब्द

निर्माण प्रक्रिया

प्रशासन

दुर्गम

प्र + शासन

दुर् + गम

 

प्रत्यय व्यत्पन्न शब्द

निर्माण प्रक्रिया

बौद्धिक

विशेषता

बुद्धि + इक

विशेष + ता

 

ख) तलको अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :

 

आआफ्ना क्षेत्रमा कर्तव्यनिष्ठ भएर समर्पित नरनारीले नै जीवनपथमा सफलताका सिँढीहरू फटाफट चढ्न सक्छन् । झैझगडा र कलहसलहमा पलपल खेर फाल्नेहरूले अरूलाई परेका | वेलामा मरमद्दतका माध्यमबाट परोपकार गर्न एवम् आर्शीवचनको पञ्चामृत पान गर्न सक्दैनन् ।

उत्तर :

 

समस्त शब्द            विग्रह

नरनारी                नर र नारी

कर्तव्यनिष्ठ            कर्तन्यले निष्ठ

 

द्वित्व शब्द          निर्माण प्रक्रिया           दोहोरिएको अंश

आआफना           आफ्ना + आफ्ना         आफ्ना

झैझगडा             झगडा + झगडा          झगडा

 

ग) तलको अनुच्छेदबाट चार वटा सन्धियुक्त शब्द खोजी तिनको सन्धि विच्छेद गर्नुहोस् :

 

हिमालय नेपालको प्राकृतिक वरदान हो । हिमाली सौन्दर्यले पर्यटन व्यवसाय बढेको छ र वैदेशिक मुद्राको राम्रो आम्दानी भएको छ । आर्थिक उपार्जनको मनोरथ पूरा गर्न हामी सबै एकजुट भई पर्यटकहरुको स्वागत सत्कारमा जुट्न हाम्रो कर्तव्य हो ।

 

उत्तर :

 

सन्धियुक्त शब्द                  सन्धि विच्छेद

हिमालय                              हिम + आलय

मनोरथ                               मनः + रथ

सौन्दर्य                               सुन्दर + य

पर्यटन                                परि + अटन

 

७) दिइएका प्रश्नको उत्तर दिनुहोस ।          (४)

 

क) तलका वाक्यहरुलाई आवश्यक सुधार सहित पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गर्नुहोस् :

 

ऊ पोखरामा जन्मेको हो । उसले गणित विषय अध्ययन गरेको हो । उसले स्नात्तकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेको छ। ऊ गाउँको क्याम्पसमा प्राध्यापन गर्न आएन । उसकी एउटी बहिनी छ । ऊ अहिले काठमाडौंमा बस्छे । त्यहाँ उसले धेरै पैसा कमाएकी छे ।

उत्तर :

ऊ पोखरामा जन्मेकी हो । उसले गणित विषय अध्ययन गरेकी हो । उसले स्नात्तकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छे । ऊ गाउँको क्याम्पसमा प्राध्यापन गर्न आइन । उसको एउटा भाइ छ । ऊ अहिले काठमाडौँमा बस्छ । त्यहाँ उसले धेरै पैसा कमाएको छ ।

 

ख) तलका वाक्यहरुलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :

 

म नेपाली हुँ । म सगरमाथा पुगेको छैन । म कहिले त्यहाँ पुगुं भन्ने विचारमा छु । मैले 'अहिलेसम्म त्यहाँ जाने अवसर पाएको छैन । म सगरमाथामा पुगेर गौरवान्वित हुने छ ।

उत्तर :

ऊ नेपाली हो । ऊ सगरमाथा पुगेको छैन । ऊ कहिले त्यहाँ पुगँ भन्ने विचारमा छ । उसले अहिलेसम्म त्यहाँ जाने अवसर पाएको छैन । ऊ सगरमाथामा पुगेर गौरवान्वित हुने छ ।

 

८) कुनै एक प्रश्नको उत्तर दिनुहोस ।           (४)

 

क) तलका गद्यांशबाट उदेश्य र विधेय तथा दुईओटा उदेश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस ।

 

आज विहान हिँडेको मान्छे छिटै नै दार्चुला पुगेछ ।

उत्तर :

उदेश्य

विधेय

उदेश्य विस्तार

विधेय विस्तार

मान्छे

पुगेछ

आज विहान हिँडेको

छिटै नै दार्चुला

 

अथवा

 

दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :

 

तिमी मेरो कुरा सुनेर खुसी हुन्छ भन्ने मलाई पहिले नै जानकारी छ । मेरो घरमा तिमी किन आइनस् ? सबै आफन्तहरु आउँदा कस्तो रमाइलो भए । हामीहरु खुब नाचँ । साथीहरु पनि जमेरै नाच्नु भइन् ।

उत्तर :

तिमी मेरो कुरा सुनेर खुसी हुन्छौँ भन्ने मलाई पहिलादेखि नै जानकारी थियो । मेरो घरमा तिमी किन आएनौ ? सबै आफन्तहरु आउँदा कस्तो रमाइलो भयो । हामीहरु खुब नाच्यौँ । साथीहरु पनि जमेरै नाच्नु भयो ।

 

ख) तलका वाक्यहरुलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :

 

म सधैं मामाघर जान्थें । मामाले मलाई माया गर्नुहुन्थ्यो । आमाले मलाई जहिल्यै सम्झाउन हुन्थ्यो । मेरो ध्यान पढाइमा हुँदैनथ्यो । म कहिल्यै गृहकार्य गर्दैनथें । मैले उत्साही भएर कहिल्यै पढिनँ । शिक्षकहरुले पनि मलाई माया गर्नुहुन्नथ्यो । मलाई गाईबाखा लिएर गोठालो जान मन पर्थ्यो । म पौडी खेल्न डराउँदैन थिएँ।

 उत्तर :

म कहिल्यै मामाघर जाँदैनथें । मामाले मलाई माया गर्नुहुन्नथ्यो । आमाले मलाई कहिल्यै सम्झाउनु हुन्नथ्यो । मेरो ध्यान पढाइमा हुन्थ्यो । म सधैं गृहकार्य गर्थे । मैले सधैं उत्साही भएर पढ़ें । शिक्षकहरुले पनि मलाई माया गर्नुहुन्थ्यो । मलाई गाईबाखा लिएर गोठालो जान मन पर्दैनथ्यो । म पौडी खेल्न डराउँथें ।

 

अथवा

दिइएका वाक्यहरुलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

 

केटाकेटीहरुले बालाई भने- “हामी पनि सिनेमा हेर्छौँ” । बाले तिमीहरुले पढ्नु पर्दैन भनी प्रश्न गर्नुभयो । केटाकेटीले बासँग सिनेमा हेर्न जान दिन अनुरोध गरे । “पढाइ छोडेर सिनेमा हेर्न नजाओ” बाले भन्नुभयो ।

उत्तर :

केटाकेटीहरुले सिनेमा हेर्छौँ भनेर बालाई भने । बाले प्रश्न गर्नुभयो- “तिमीहरुले पढ्नु पर्दैन"। “बा सिनेमा हेर्न जान दिनु” केटाकेटीले अनुरोध गरे । बाले पढाइ छोडेर सिनेमा हेर्न जानु हुँदैन भन्नुभयो ।

 

९) दुबै प्रश्नको उत्तर दिनुहोस ।           (४+४=८)

 

क) तलका अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

 

सूर्य ग्रहणको समयमा सूर्य र पृथ्वीको बिचमा चन्द्रमा रहने गरी तीन वटै पिण्ड एउटा सरल रेखामा आउँछन्, जुन अवस्था औंसीको दिनमा मात्र सिर्जना हुन्छ । जब सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्दछ त्यस अवस्थामा चन्द्रमाले सूर्यको प्रकाश छेकी पृथ्वीमा छायाँ पार्दछ । अथवा यसरी पृथ्वीमा छायाँ परेको क्षेत्रबाट सूर्यलाई हेरेमा चन्द्रमाले छेकेको देखिन्छ, यही अवस्था नै सूर्य ग्रहणको अवस्था हो । यसरी चन्द्रमाले सूर्यको प्रकाशलाई छेक्दा पृथ्वीमा पर्ने छायाँ दुई किसिमको हुन्छ । एउटा सघन छायाँ र अर्को विरल छायाँ । पृथ्वीभन्दा चन्द्रमा सानो भएको कारणले चन्द्रमाको छायाले सम्पूर्ण पृथ्वीलाई ढाक्न सक्दैन । त्यस कारण सूर्य ग्रहण पनि दुई किसिमको हुन्छ, एउटा खग्रास सूर्य ग्रहण र अर्को खण्डग्रास सूर्य ग्रहण । पृथ्वीको त्यो ठाउँ जहाँ सघन छायाँ परेको हुन्छ त्यहाँबाट सम्पूर्ण सूर्यमा ग्रहण लागेको देखिन्छ, त्यसलाई खग्रास सूर्य ग्रहण भनिन्छ भने पृथ्वीको त्यो ठाउँ जहाँ विरल छायाँ परेको हुन्छ, त्यहाँबाट सूर्यको आंशिक भागमा मात्र सूर्य ग्रहण लागेको देखिन्छ त्यसलाई खण्डग्रास सूर्य ग्रहण भनिन्छ । पृथ्वी र सूर्यको बिचबाट चन्द्रमा गुज़ंदा पश्चिमबाट पूर्वतर्फ घुमिरहेको हुन्छ तसर्थ चन्द्रमाले सूर्यलाई छेक्दा पहिले सूर्यको पश्चिमतर्फको भाग छेक्दछ । परिणाम स्वरूप ग्रहण देखिंदा सूर्यमा पश्चिमतिरबाट सुरु भई कालो धब्बा पूर्वतिर सरिरहेको देखिन्छ । खग्रास सूर्य ग्रहण भएको वेला अथवा पृथ्वीमा छाया परेको ठाउँका मानिसहरुले सूर्यको बिचको भाग त देख्न सक्दैनन् तर सूर्यको किनाराको भाग देख्न सक्दछन् । यस्तो अवस्थामा सूर्य गोलो शान्त प्रकारको र कम रापिलो हुन्छ र यो एउटा चम्किरहेको पिण्डभन्दा छेउछाउमा ज्वाला निस्किरहेको पिण्डको रूपमा देखिन्छ । पूर्ण खग्रास सूर्य ग्रहण करिब ८ मिनेटसम्म रहन्छ । खग्रास ग्रहण लागेका । वेलामा पशु तथा चराचुरुङ्गीहरु रात पर्यो भन्ने ठानेर आआफ्नो बासस्थान तथा गुंडतिर लागेको पाइन्छ।

हरेक औंसीमा सूर्य ग्रहण नहुनुको कारण के हो भने- सूर्य ग्रहण हुनका लागि सूर्य, चन्द्र। र पृथ्वी एउटै सरल रेखाको एउटै सतहमा पर्नु पर्दछ तर चन्द्रकक्ष र पृथ्वीकक्ष एउटै सतहमे। नभई एक अर्काको कक्षमा ५.१६ डिग्रीको कोणमा ढल्केर रहेका हुन्छन् । तसर्थ दुई वटा मात्र यस्ता अवस्था छन् जहाँ चन्द्रकक्षले पृथ्वीकक्षलाई काट्दछ, जसलाई राहु र केतु भनिन्छ । चन्द्रमा तिनै दुई विन्दुमा रहेको अवस्थामा मात्र सूर्य ग्रहण देखिन्छ।

 

क) सूर्य ग्रहण कसरी लाग्छ ?

उत्तर : जब सूर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्दछ, त्यस अवस्थामा चन्द्रमाले सूर्यको प्रकाश छेकी पृथ्वीमा छायाँ पार्दछ र सूर्य ग्रहण लाग्दछ ।

ख) के कस्तो अवस्थामा मात्र सूर्य ग्रहण देखिन्छ ?

उत्तर : सूर्य ग्रहण हुनको लागि सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखाको एउटै सतहमा परी चन्द्रकक्षले पृथ्वीकक्षलाई काट्दा सूर्य ग्रहण देखिन्छ ।

 

ग) खग्रास र खण्डग्रासमा के अन्तर छ ?

उत्तर : सम्पूर्ण सूर्यमा ग्रहण लागेको देखिन्छ भने त्यसलाई खग्रास र सूर्यको आंशिक भागमा मात्र ग्रहण लागेको देखिन्छ भने त्यसलाई खण्डग्रास भनिन्छ ।

 

घ) सघन र विरल शब्दको अर्थ के हो ?

उत्तर : सघन = बाक्लो वा घना । विरल = अपेक्षाकृत कम वा थोरै पातलो ।

 

ख) दिइएको अनुच्छेद पढी सोधिएका उत्तर लेख्नुहोस ।

 

जनसङ्ख्याको वृद्धिलाई खेतीयोग्य जमिनको क्षेत्रफलसित तुलना गरेर हेरेको खण्डमा मात्र जनसङ्ख्या वृद्धिले उत्पन्न गर्ने समस्याको गम्भीरताको बोध हुन्छ । नेपाल संसारमा बढी जनघनत्व भएका देशहरुमध्ये पर्दछ । यहाँ एक वर्ग किलोमिटर कृषियोग्य जमिनमा ७३९ जना मानिस बसोबास गर्छन् ।

नेपालको कुन जनसङ्ख्याको ४५.५ प्रतिशत मानिस बसोबास गर्ने पहाडी भेगमा प्रतिवर्ग किलोमिटर जनघनत्व अझ बढी अर्थात् ८४० छ । तराईमा भने ७०४ र हिमाली भेगमा ५२४ छ । कम्तीमा पनि ८१ प्रतिशत मानिसहरु कृषिमा संलग्न रहेको आजको अवस्थामा प्रतिव्यक्ति खेतीयोग्य जमिन घट्न जानाले गरिबी नाटकीय तबरले बढ्न जान्छ । यदि बढ्दो जनसङ्ख्यालाई रोजगारी दिने खालका उद्योग र बन्दव्यापार नेपालमा विकसित भएको भए जनसङ्ख्या वृद्धि त्यति ठुलो समस्या हुँदैनथ्यो तर दुर्भाग्यबस त्यस्तो अवस्था नेपालमा छैन।

अब प्रश्न उठ्छ, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले निर्धारण गरे बमोजिम एक जना व्यक्तिलाई एक वर्षमा चाहिने १८० केजी अन्न उत्पादन गर्ने जमिन नेपालमा छ त ? नेपालमा एउटा परिवारमा सालाखाला ६ जना हुन्छन् । त्यसको अर्थ हो, एउटा परिवारलाई एक वर्षमा १०८० केजी अन्न चाहिन्छ ।

जिरी र अरू ठाउँको अनुभवका आधारमा बिउँका लागि १० प्रतिशत छुट्याउनु पर्यो, जाँडरक्सी बनाउन १६५ केजी लाग्छ र बाली पाकेपछि २५ प्रतिशत खेर जान्छ । ती सबै हिसाब गर्दा ४१५ केजी हुन आउँछ । यसरी हरेक परिवारका लागि बर्सेनि १९१५ केजी अन्न उत्पादन गर्नपर्छ । नेपालको प्रतिहेक्टर सालाखाला उत्पादकत्व धान २१०० केजी, मकै १५०० केजी १३०० केजी र कोदो १००० केजी छ । यस हिसाबमा धान उत्पादन गर्ने एक परिवारलाई पण हेक्टरको उत्पादनले खान पुग्छ । तर मकै, गहुँ, जौ उत्पादन गर्ने मानिसका लागि हेक्टरभन्दा बढी जमिन चाहिन्छ । वास्तविकता चाहिँ के छ भने ४७ प्रतिशत जति नेपालीहरुसंग आधा हेक्टरभन्दा कम मात्र जमिन छ।

काठमाडौँ उपत्यका जस्ता केही ठाउँलाई छाडेर नेपालमा प्रतिहेक्टर उत्पादन बढाउने काम दुष्कर छ । थोरै उत्पादन बढाउन पनि अत्यन्त धेरै मेहनत गर्नुपर्छ । तसर्थ उत्पादन बढाउने एक मात्र उपाय धेरै बाली लगाउनु हो । तर नेपालमा प्रतिवर्ष सालाखाला १.७५ बाली मात्र हुन्छ । सिँचाइ सुविधा नभएकाले हिमाली भेगमा किसानहरु वर्षमा एकभन्दा बढी बाली लगाउन सक्दैनन् ।

 

अ) नेपालमा गरिबी बढ्ने कारण के हो ?

क) बढी जनघनत्व

ख) कृषि पेसामा आश्रित जनसङ्ख्या धेरै

ग) कृषिमा आश्रित जनसङ्ख्या अनुसार खेतीयोग्य जमिनको कमी

घ) बेरोजगारी

 

आ) एक व्यक्तिलाई एक वर्षमा कति अन्न चाहिन्छ ?

क) १८० केजी

ख) १०८० केजी

ग) १९१५ केजी

घ) २१९.१६ केजी

 

इ) नेपालमा अन्नबालीको उत्पादन बढाउन नसकिने मुख्य कारण के हो ?

क) रुखो जमिन

ख) सिँचाइको अभाव

ग) परम्परागत खेतीपाती

घ) कृषकहरुले कम परिश्रम गर्नु

 

ई) वर्तमान परिस्थितिमा नेपालमा खाद्यान्नको कमी हुने मुख्य कारण के हो ?

क) कृषिमा आधारित जनसङ्ख्या बढी हुनु

ख) खेतीयोग्य जमिन कम हुनु

ग) खेतीयोग्य जमिनको उत्पादकत्व कम हुनु

घ) करिब पचास प्रतिशत जनतासँग आधा हेक्टरभन्दा कम जमिन हुनु

 

१०) अनुच्छेदबाट चार वटा बँदा टिपी एक तृतीयांशमा सारांश गर्नुहोस् (२+२=४)

 

सुरु सुरुमा इतिहास पनि साहित्यकै एक अङ्गका रूपमा मानिएको थियो । मानिसहरुलाई आनन्द दिलाउने तथा मनोरञ्जन गर्ने साधनका रूपमा यसको प्रयोग गरिन्थ्यो । इतिहासका सत्य घटनालाई बढीभन्दा बढी रोचक बनाउन अनेक काल्पनिक कुरा समावेश गरिन्थ्यो । यसले गर्दा इतिहासको वास्तविकता के हो ? पहिल्याउन समेत गाहो पर्थ्यो । इसापूर्व पाँचौ शताब्दीतिरका केही चिन्तकहरु इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए । ग्रिक विद्वान् हेरोडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ । उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । हेरोडोटसपछि थुप्रै विद्वान्हरुले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढङ्गले लेख्ने प्रयत्न गरे । हेरोडोटसकै अनुयायी युसिडाइसले पेलोपोनेसियन युद्धको इतिहास आफ्नै व्यक्तिगत अवलोकन प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका थिए । अरिस्टोटल इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिएका थिए । मध्यकालमा आएर युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो । सोह्रौँसत्रौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन थाल्यो । आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भयो । यस युगमा प्राचीन इतिहासको खोजीको प्रक्रिया पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो ।

 

उत्तर :- मुख्य चार बुँदाहरु

१) सुरु सुरुमा साहित्यकै एक अङ्ग मानेर इतिहासलाई पनि प्रयोग गर्न,

२) इतिहासलाई छुट्टै र तथ्यपूर्ण बनाउने केही प्रयत्न प्राचीन कालमै हुन,

३) मध्यकालमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन गरिने परिपाटीको विकास हन,

४) पर्नजागरण कालमा परिवर्तन आएको इतिहास लेखनमा आधुनिककालमा वैज्ञानिक पद्धतिको विकास हुनु ।

 

सारांश:

इतिहासको अध्ययन

इतिहासलाई छटटै र तथ्यपूर्ण बनाउने केही प्रयत्नहरु भए पनि प्राचीन कालमा यसलाई साहित्य एउटा अङ्ग मानेर प्रयोग गरिन्थ्यो । मध्यकालमा आएर इतिहासलाई धर्मसंग गाँसेर अध्ययन , सन परिपाटीको विकास भयो । पुनर्जागरण कालले इतिहास लेखनमा धेरै परिवर्तन ल्याएको देखिन्छ भने आधनिक कालमा आइपुग्दा  इतिहास लेखनमा वैज्ञानिक पद्दतिको विकास भएको पाइन्छ ।

मूल अनुच्छेदको शब्द सङ्ख्या = १६६

सारांश रूपको शब्द सङ्ख्या = ५४

 

 

 

११) कुनै एक प्रश्नको उत्तर दिनुहोस ।   (४)

 

क) काठमाडौं, भोटाहिटी स्थित विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित पुस्तकहरु पठाइ दिन माग गर्दै धनगढी स्थित खप्तड पुस्तक भण्डारका तर्फबाट लेखिने व्यावसायिक पत्रको नमुना तयार पार्नुहोस् ।

उत्तर :

मिति : २०७८/०४/१७

श्री प्रबन्धकज्यू,

विद्यार्थी पुस्तक भण्डार

भोटाहिटी, काठमाडौं ।

विषय : पुस्तक पठाइ दिनेबारे ।

महोदय,

खप्तड पुस्तक भण्डारले विगत पाँच वर्षदेखि विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित पस्तकहरु विक्री वितरण गर्दै आएको कुरा यहाँलाई अवगत नै छ । अहिले त्यस प्रकाशनका पस्तकहरुको माग बढ्दै आएकाले त्यस प्रकाशनका तथा अन्य प्रकाशनका तपसिलमा उल्लेख गरिएका पुस्तकहरु यथाशीघ्र कुनै भरपर्दो माध्यमबाट पठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु । पहिलेको बाँकी रहेको रकम रु. १,००,०००।- (अक्षरेपि एक लाख) र पेस्की स्वरूप रु. ५०,०००।- (अक्षरेपि पचास हजार) गरी जम्मा रु. १,५०,०००।- (अक्षरेपि एक लाख पचास | हजार) त्यस संस्थाको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ११९१८७३९७८८ मा जम्मा गरिदिएको छु र बाँकी रकम पुस्तक प्राप्त भएपछि भुक्तानी गर्नेछु ।

 

क्र.सं.

पुस्तकको नाम

लेखक

थान

कैफियत

१.

प्रयोगात्मक नेपाली शब्दकोश

हेमाङ्ग राज अधिकारी/ बद्री विशाल भट्टराई

५०

 

२.

सरल नेपाली व्याकरण

नारायण प्रसाद दाहाल

१००

 

३.

 

माध्यमिक नेपाली निबन्ध

भेषराज शर्मा

१००

 

४.

माध्यमिक नेपाली कथा

जनक प्रसाद उपाध्याय

५०

 

५.

प्रयोगात्मक नेपाली व्याकरण

हेमाङ्ग राज अधिकारी

५०

 

६.

समसामयिक नेपाली व्याकरण

हेमाङ्ग राज अधिकारी

५०

 

७.

नेपाली भाषा शिक्षण

माधव प्रसाद पौडेल

५०

 

 

८.

नेपाली कथा र उपन्यास

शारदा प्रसाद ढकाल

५०

 

९.

मुनामदन

लक्ष्मी प्रसाद देवकोटा

१००

 

१०.

गौरी

माधव घिमिरे

१००

 

 

तपाईंको विश्वास पात्र

प्रो. वासुदेव भट्ट

खप्तड पुस्तक भण्डार

धनगढी, कैलाली ।

 

ख) कुनै औपचारिक कार्यक्रममा अतिथिहरुलाई बोलाउनका लागि पठाइने निमन्त्रणा नमुना बनाउनु होस् ।

उत्तर:

 

हार्दिक निमन्त्रणा

श्री बालकृष्ण श्रेष्ठज्यू,

लोकन्थली, भक्तपुर ।

 

बाल उपन्यासकार उदयचन्द्र घिमिरेद्वारा लिखित बाल उपन्यास जुँगे मामाको विमोचन कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

 

स्थान: नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौँ        स्वदेश प्रकाशन प्रा.लि.                 

मिति: २०७७ मङ्सिर ०४ गते                                    बागबजार, काठमाडौँ

समय: दिउँसो १:०० बजे                                           प्रकाशक तथा वितरक ।                 

 

१२) कुनै एक प्रश्नको उत्तर दिनुहोस ।       (४)

 

क) तपाईंको विद्यालयमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन तयार पार्नुहोस् ।

उत्तर :

 

ज्ञानज्योति माविमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रतिवेदन

परिचय

ज्ञानज्योति मावि कुमारीपाटी, ललितपुरले २०७६ साल वैशाख २७ गते स्थापनाको सत्रौँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गर्यो । विद्यालयको वार्षिक गतिविधिको समीक्षाका साथै शिक्षक, विद्यार्थी र अभिभावकबिच सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा सम्पन्न उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।

 

विवरण

माननीय शिक्षामन्त्री श्री गोविन्द प्रसाद शर्मा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य सनिल शर्माले गर्नु भएको थियो । विभिन्न झाँकी सहित बिहान ९ बजेदेखि आरम्भ भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय मन्त्री गोविन्द प्रसाद शर्माले दीप प्रज्ज्वलन गरेर गर्नु भएको थियो । उक्त अवसरमा विद्यालयका विभिन्न विभागहरुबाट सम्पन्न खेलकुद, हाजिरीजवाफ तथा सांस्कृतिक कार्यक्रमहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै केही सांस्कृतिक झलकहरु प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । विद्यालयका शिक्षकहरु, सञ्चालक समितिका सदस्यहरु, विद्यालयका विभिन्न विभागहरु तथा विद्यार्थीहरुको सक्रियताका कारण र स्थानीय समाजसेवी एवम् बुद्धिजीवीको उल्लेख्य उपस्थितिले कार्यक्रम उत्साहजनक बनेको थियो । लामो समयदेखि विद्यालयमा कार्यरत रहेर योगदान पऱ्याउने शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई दोसल्ला आढाएर सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि माननीय मन्त्रीले वैज्ञानिक शिक्षा शिक्षालाई समय सापेक्ष बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो । व्यवस्थापन समिति अध्यक्ष श्री ज्ञानबहादुर विश्वकर्माले नेपालको शिक्षाक्षेत्रमा विद्यालयले ठुलो योगदान पर चर्चा गर्दै शिक्षामा सबै वर्गका मानिसहरुको पहुँच हुनुपर्ने कुरामा जोड दिनुभयो । सभाला आसनबाट विद्यालयका प्राचार्य सुनिल शर्माले आफ्नो विद्यालय सर्वसुलभ गुणस्तरीय शिक्षा प्रतिबद्ध रहेको जानकारी दिँदै यसमा सबैको सहयोग अपरिहार्य रहेको कुरामा जोड दिनभर शिक्षक हेमन्तविक्रम थापाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका कार्यक्रम संयोजक सरिता चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो । बिहान ९ बजे सुरु भएको कार्यक्रम उचित व्यवस्थापन एवम् सहृदयी स्वयम् सेवकको हार्दिक सहयोगसँगै अपराह्न ४ बजे समापन भएको थियो । कार्यक्रम पश्चात् जलपानको व्यवस्था गरी विद्यालय परिवारले न्यानो बिदाइ गरेको थियो। निष्कर्ष तथा सुझाव

उपर्युक्त कार्यक्रमले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा क्षमतालाई उजागर गर्नुका साथै विद्यालय र अभिभावकहरुका बिचको सम्बन्धलाई थप सुमधुर एवम् विश्वसनीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । एकातिर कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास बढाएको थियो भने अर्कातिर अभिभावकहरुमा आशा र विश्वासको सञ्चार गराएको थियो । अभिभावकहरु आफ्ना सन्तानको प्रतिभा देखेर गद्गद् भएका थिए । यो कार्यक्रम निकै उपलब्धिपूर्ण रहेकाले आगामी दिनमा यस्तै प्रकारका थप कार्यक्रमहरु गरिनु पर्ने आवश्यकता पनि देखिएको थियो । कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हुँदा विद्यालय परिवार तथा कार्यक्रमका सहभागीहरु सबैमा उत्साह छाएको थियो । आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । त्यसको लागि कार्यक्रम व्यवस्थापनका मसिना पक्षहरुमा ध्यान जान जरुरी छ। विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने गरी कार्यक्रमहरु थप्ने र विद्यार्थी सहभागिता बढाउनेतर्फ ध्यान पुयाउन सकेको खण्डमा कार्यक्रम अझ सफल बन्ने देखिन्छ।

 

मिति : २०७७/०२/०४ गते

 

प्रतिवेदक

सञ्जित तामाङ (विद्यार्थी)

 

ख) ‘’नेपालमा शैक्षिक बेरोजगारी शीर्षकमा’’ १२५ शब्दसम्मको नघटाई टिप्पणी लेख्नुहोस् :


नेपालमा शैक्षिक बेरोजगारीको समस्या

कुनै रोजगार (काम) नपाउनु वा कुनै इलम, पेसा वा व्यवसाय गर्न नसकी खाली बस्नु बेरोजगारी हो । हाम्रो देशमा रोजगारीको ठूलो समस्या छ । शिक्षित र अशिक्षित दुबैखाले मानिसहरु बेरोजगार छन् । शिक्षित व्यक्तिले काम नपाउनुलाई शैक्षिक बेरोजगारी भनिन्छ । नेपालमा अहिले पढेलेखेका नयाँ पुस्ताको ठूलो समूह बेरोजगार छ । शैक्षिक बेरोजगारीले अनेक समस्या बढाउँदै लगेको छ । नेपालमा बेरोजगारी र यसले उत्पन्न गरेको समस्या निकै जटिल बन्दै गएको छ ।

बेरोजगारीका कारणहरु धेरै छन् । तीमध्येको एउटा कारण हो, जनसङ्ख्या वृद्धि । रोजगारीको वृद्धि कछुवा गतिमा रहेको देखिन्छ भने जनसङ्ख्या वृद्धि खरायो गतिमा दौडिएको पाइन्छ । कछुवा जति दौडिए पनि खरायोलाई कहिले भेट्न सक्दैन । नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि हो । राष्ट्रव्यापी लहर ल्याएर कृषिमा आधुनिकीकरण गर्न सकेको भए यसले पनि रोजगारी थप्ने थियो तर यो परम्परा धान्नमा मात्र सीमित रह्यो । उद्योगहरु उल्लेख्य मात्रामा खुलेनन् । त्यस पक्षबाट पनि रोजगारीको अवसर बढेन । भएका प्राकृतिक साधन स्रोतको पनि सदपयोग भएन । आर्थिक लगानी र प्राविधिक दक्षता तथा प्रतिबद्धता पर्याप्त मात्रामा नहुँदा हाम्रो जलस्रोत हात्तीको देखाउने दाँत भएको छ । शिक्षाको ठूलो हिस्सा सैद्धान्तिक शिक्षामा केन्द्रित रहेको छ । यसले केवल चेतना वृद्धि गर्ने काम मात्र गरेको छ । सैद्धान्तिक शिक्षा प्राप्त जनशक्ति धेरै र तिनका लागि रोजगारीका अवसर अत्यन्तै सीमित रहेको छ । रोजगारीको बढी अवसर प्रदान गर्ने व्यवसायिक र प्राविधिक सिप र दक्षता पर्याप्त मात्रामा राष्ट्रले दिन सकेन । राष्ट्रको बहुपक्षीय विकास गर्ने व्यवहारोपयोगी साझा नीति बनेन । बनेको नीति एकाङ्गी रह्यो र त्यसको पनि राम्ररी कार्यान्वयन भएको देखिएन । राम्रो काम सुरु गर्छ र सुरु गरिएको कुनै काम पुरा गरेरै छोड्छु भन्ने प्रतिबद्धता राजनैतिक नेतृत्वमा देखिएन । यी र यस्तै अनेक कारणले देशको आर्थिक विकास हुन सकेन र बेरोजगारी समस्या दिन प्रतिदिन चर्कदै गएको छ । शैक्षिक बेरोजगारील । समाज र राष्ट्रमा नराम्रो असर परिरहेको छ । बेरोजगारीको सिकार विशेष गरेर युवा पुस्ता । भएको छ । शिक्षित युवा पुस्ताले शारीरिक श्रमलाई अनादर गर्छ । बौद्धिक श्रमका लागि अवसर छैन । त्यसैले रोजगार दिन नसक्ने शिक्षा, परिवार र समाजप्रति उनीहरुको वितृष्णा बढ्दा । बेरोजगारीको पीडाले युवायुवतीहरु जाँडरक्सी, लागऔषध आदिको दर्व्यसनमा पनि फस्दछ यसले जनस्वास्थ्यमा पनि गम्भीर प्रभाव पारिरहेको छ भने कतिपय विदेशतिर पलायन हुँदै छन् । गरिबी बढेर जीवनस्तर खस्किएको छ ।

शैक्षिक बेरोजगारी समस्याको समाधान एकै पटकमा हुँदैन र धेरै छिटो पनि गर्न सकिंदैन । त्यसैले समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ । सामान्य शिक्षा प्राप्त व्यक्तिहरुलाई विविध प्रकारका व्यावसायिक र प्राविधिक अल्पकालीन तालिम दिनुपर्छ र उनीहरुले तालिम लिएको क्षेत्रमा व्यवसाय सञ्चालन गर्न । सहलियत ब्याजदरमा ऋणप्रवाह गर्नुपर्छ । यसो गर्दा उनीहरु आफूले पनि रोजगारी पाउँछन् र उनीहरुले चलाएका व्यवसायबाट अरुले पनि काम पाउँछन् । दीर्घकालीन रणनीतिमा देशको बपक्षीय साझा नीति निर्माण र त्यसको सफल कार्यान्वयनमा जोड दिन आवश्यक छ । यसका साथसाथै जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न परिवार नियोजनलाई व्यापकता दिनुपर्छ । कृषिमा आधनिकीकरण गर्नुपर्छ । कृषिमा बेमौसमी खेती र बाली विविधीकरण गरेर रोजगारी बढाउन सकिन्छ । बहराष्ट्रिय कम्पनीहरुलाई आकर्षित गरी उद्योगधन्दा बढाउनुपर्छ । सामान्य शिक्षाको प्रतिशतलाई घटाएर व्यावसायिक र प्राविधिक शिक्षा बढाउनुपर्छ । राजनैतिक प्रतिबद्धता बढाएर यी र यस्तै अन्य कामहरु गर्नुपर्छ अनि शैक्षिक बेरोजगारी पुरा हटाउन नसके पनि घटाउन चाहिँ पक्कै सकिने छ ।

 

१३) काठमाडौंको ट्राफिक जामलाई कसरी कम गर्न सकिएला ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।         (४)

उत्तर :

काठमाडौँ उपत्यकाको ट्राफिक जाम उपत्यकामा बसोबास गर्ने प्रत्येक मान्छेको थाप्लोमा जबरजस्ती थोपरिएको श्राप जस्तै बनेको छ । यसलाई विगत लामो समयदेखि भोग्न सबै अभिशप्त छन् । सत्तामा बसेकाले थोरै मात्र सोच्ने हो भने पनि उपत्यकाको ट्राफिक जामलाई धेरै हदसम्म समाधान गर्न सम्भव छ । ट्राफिक व्यवस्थापनका सामान्य उपाय मात्रै अपनाउने हो भने पनि समस्या समाधान गर्न निक्कै सहज हन्छ । ती उपायमध्ये सबैभन्दा प्रभावकारी र तुरुन्तै गरिहाल्नु पर्ने कार्य भनेको ट्राफिक बत्तीको व्यवस्थापन हो । यसले ट्राफिक जाम समस्यालाई केही हदसम्म हल गर्न सक्छ ।

ट्राफिक लाइट राख्नमा सरकार किन मौन छ ? राखिसकेको ठाउँका बत्तीहरु बिग्रेपछि मर्मत हुँदैनन् ? यी प्रश्नको उत्तरमा काठमाडौँ उपत्यकाको ट्राफिक जामको समस्या समाज भोटन्छ । यसको मुख्य कारण हो: टाफिक व्यवस्थापनमा कोही पनि विज्ञ छैनन् । महान महाशाखा र सडक विभागमा पनि त्यस्तै अवस्था छ । यसको मुख्य समस्या भनेको छिटो नि हुने विभाग परिवर्तन र सरुवा पनि हो । सर्वसाधारणहरु घन्टौँ लाइनमा बस्ने तर भीआई सरर अगाडि जाने भएपछि अन्य सवारी चालकलाई कति रिस उठ्ला ? ट्राफिक प्रहरीले भीआईपीलाई रोक्यो भने जागिर जाला भन्ने डर । जागिर नि बचाउनै पर्यो । त्यसैले टाफिक प्रहरी पनि सुरक्षित छैनन् ।

यदि सरकारले सधैं बेवास्ता गरेको खण्डमा धर्मकर्मका लागि यज्ञ गरेजस्तै ट्राफिक लाइट राख्नैका लागि पनि चन्दा उठाउन सकिन्छ । तर अब सरकारलाई झक्झकाउनुको विकल्प भने छैन । कानुनी राज्य र जनताको चेतनास्तरका बारेमा उनीहरुले पालना गरेको नियम, सवारी चालकले पालना गरेको नियम र ट्राफिक व्यवस्थापनले देखाउने व्यवहारबाट थाहा हुन्छ। चोक चोकमा ट्राफिक लाइट नहुँदा बाटो हिँड्ने बटुवाहरु ज्यानै फालेर बाटो काट्छन् । सवारी चालकलाई पनि कहाँबाट फुत्त निस्केर बटुवाले बाटो काट्लान् भन्ने डर हुन्छ । ट्राफिक व्यवस्थापन खट्ने प्रहरीलाई पनि पर्याप्त अधिकार दिनु जरुरी छ।

ठुलो गल्ती गर्ने सवारी चालकलाई समेत चालक अनुमतिपत्र खारेज गर्ने अधिकार ट्राफिक प्रहरीलाई नदिएको गुनासो ट्राफिक प्रहरीको रहेको छ । एक ट्राफिक प्रहरीले ठट्यौली गर्दै उनले भने, “ट्राफिकसँग बन्दुक त छ तर गोली छैन” । काठमाडौंको ट्राफिक जामलाई कम गर्न सडक विस्तार, चोक चोकमा अन्डर पास र फ्लाइओभर बनाउने एवम् अन्य वैकल्पिक उपायहरु पनि अपनाउन सकिन्छ ।

 

१४)  कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस ।            (४+४=८)

 

क) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नहोस :

 

मलाई लाग्यो प्रश्न गर्नु आलोचनात्मक हुनु हो र प्रश्नले मानिसलाई विवेकी बनाउँछ । कम दिन्छ । प्रश्न नगरेको भए ग्यालिलियो ग्यालिलियो हुने थिएनन् । गार्गी र मैत्रेयी गार्गी, मैत्रैयी हुने थिएनन् । अलिकति विद्रोह त चाहिन्छ नै समतामूलक समाज बनाउन । मैले मङगलादेवी, साहना प्रधान सम्म, मैले राजराजेश्वरी, योगमाया र विद्रोही धेरै महिलाहरु सम्झे । यो समानताका यात्रामा मैले धेरै पुरुषहरुलाई सम्झे, जो महिलासँगै मिलेर न्यायपूर्ण साझा संस्कृतिको निर्माण गर्न चाहन्थे । यस महान् स्वतन्त्रताको यात्रालाई पूर्णता दिन चाहन्थे । मैले यस यात्रामा सामेल भएर आवाज दिएँ । देशमा लोकतन्त्र आयो । देशमा गण्तन्त्र आयो । संविधानले सांस्कृतिक पहिचान स्थापित गर्यो । समानताका विषय ल्यायो तैपनि हामीले न्याय खोज्नु छ, संविधानको कार्यान्वयन खोज्न छ र सुन्दर संस्कृतिको निर्माण गर्नु छ । हामीले प्राप्त गर्न न्याय पनि यही हो । नयाँ नेपालको सांस्कृतिक दिशा र गति पनि त यही हो ।


प्रश्नहरु:

 

अ) जीवन आलोचनात्मक हुन के गर्नुपर्छ ?

उत्तर:- “संस्कृतिको नयाँ यात्रा” सांस्कृतिक रूपान्तरणका विषयमा लेखिएको आत्मपरक निबन्ध हो । यसका रचनाकार सुधा त्रिपाठी हुन् । सुधा त्रिपाठी प्रसिद्ध नारीवादी लेखिका हुन् । यस निबन्धमा विविधताले भरिपूर्ण नेपाली संस्कृतिलाई कसरी प्रगतिशील बनाउन सकिन्छ भन्ने निबन्धकारले आफ्ना विचारहरु व्यक्त गरेकी छिन् । निबन्धकारका अनुसार समाजलाई समतामूलक बनाउन अलिकति विदोह त चाहिन्छ नै । त्यसका लागि आलोचनात्मक चेत हुनुपर्छ । आलोचनात्मक चेत हुनु भनेको हरेक विषयमा प्रश्न गर्नु हो । निबन्धकारका अनुसार प्रश्नले मानिसकाई विवेकी बनाउँछ र बुद्दी दिन्छ ।

 

आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?

उत्तर:- प्रगतिवादी लेखकका रूपमा सुपरिचित  निबन्धकार त्रिपाठीले यस निबन्धमा सास्कतिका रूपान्तरणको मुद्दा उठाएकी छिन् । हामीले हाम्रो संस्कृतिलाई सम्मान गर्नुपर्छ तर परम्परा र सस्कृतिका नाममा रहेका अवैज्ञानिक र अनावश्यक प्रचलन र मान्यताहरुलाई बदल्दै जानुपर्छ । मान्छेको उन्नति प्रगतिमा बाधा पुऱ्याउने र समाजमा असमानता र विभेद सिर्जना गर्ने रीतितिथिहरुलाई हटाउनु पर्छ र समतामूलक समाज निर्माण गर्न सांस्कृतिक रूपान्तरण पनि जरुरी छ भन्ने विचार निबन्धांशमा व्यक्त भएको छ । जे भइरहेको छ, त्यसलाई आँखा चिम्लेर जस्ताको त्यस्तै स्वीकार्नु भनेको परिवर्तनको रथलाई रोक्नु पनि हो । अतः समतामूलक, न्यायिक एवम् अग्रगामी संस्कृतिको परिकल्पना यस निबन्धांशमा गरिएको छ ।

 

 

 ख) तलका नाट्यांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :

 ठिक भन्नुभो बाबा ! सन्तानको सुख र शिक्षाका लागि भन्दै म रातदिन खटिएँ तर मैले मेरो छोरालाई समय दिइनँ । उससँग बसेर उसको पढाइको बारेमा कुरा गरिन । उसका साथी को को छन् ? भनेर कहिल्यै सोधखोज गरिन । ऊ कहाँ गयो, के गर्यो, के खायो भनेर ख्याल गरिन । म त खाली मेरो व्यवसाय, बैठक आदि भन्दै दौडधुप गरिरहें । उसले मागे जति पैसा दिइरहें तर ऊ त धेरै पहिलेदेखि दर्व्यसनको सिकार भइसकेको रहेछ र आज मैले यो दिन भोग्नुपर्यो ।


प्रश्नहरु: 

 

क) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?

उत्तर:- “लौ आयो ताजा खबर" अभिभावकले आफ्ना सन्तानका बारेमा बेलैमा विचार नपाउँदा भोग्नु परेको समस्यामाथि केन्द्रित लघु नाटक हो । यसका रचनाकार सुरेन्द्र नकर्मी हन । नाटकमा बदलिँदो सामाजिक परिवेशमा अभिभावकको सामान्य लापरबाहीले छोराछोरीहरु कसरी दुर्व्यसनमा फस्छन् भन्ने कुरालाई मार्मिक ढङ्गले देखाइएको छ । नाटकको प्रमुख पात्र ‘कुमारका बुबा' ले दाह्री बाबालाई सम्बोधन गर्दै आफ्ना कमजोरीहरु स्विकारेको प्रसङ्ग यस नाट्यांशमा रहेको छ । उनले सन्तानको सुखका लागि भनेर धन थुपार्न आफूले व्यवसायमा मात्र ध्यान दिएको तर छोरालाई समय दिन नसक्दा छोरो दुर्व्यसनमा फसेकोमा पश्चाताप र दुःख व्यक्त गर्दै आफ्ना कमजोरीहरु स्विकारेका छन् ।

 

ख) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला ?

 उत्तर:- प्रस्तुत नाटकमा सन्तानकै सुख भनेर अभिभावक धन कमाउनमा मात्रै व्यस्त हुँदा र छोराछोरीलाई समय नदिँदा छोराछोरी कसरी बिग्रिन्छन् भन्ने कुरा मार्मिक ढङ्गले देखाइएको छ । धनका पछाडि मात्र दौडदा छोराछोरी बिग्रिन गएको समस्या नाटकमा प्रस्तुत भएको छ । छोराछोरीको भविष्यका लागि धन आवश्यक छ तर धन कमाउनमा मात्र ध्यान नदिएर छोराछोरीलाई पनि उचित समय अभिभावकले दिन सक्नुपर्छ । उनीहरु कहाँ जान्छन्, के गर्छन्, के खान्छन् ? आदि कुरामा पनि अभिभावकले विचार प्याउन सके यस नाट्यांशमा व्यक्त समस्या समाधान गर्न सकिएला ।

 

ग) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :

 

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र

वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र

गरुडको मैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो

पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।

 

 प्रश्नहरु:


क) नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?

 उत्तर:- “वीर पुर्खा” देशभक्तिको भावनाले भरिएको कविता हो । यो झ्याउरे लयमा लेखिएको छ । यसका रचनाकार वासुदेव त्रिपाठी हन । यस कवितामा कविले हाम्रा वीर पुर्खाहरुको गौरवपूर्ण इतिहासको भावपूर्ण वर्णन गरेका छन । नेपाली वीर पुर्खाहरुले अनेक विध्नबाधा र कठिनाइहरु बेहोरेर आफ्नै पौरखले नेपाल राज्यको रचना गरेको कुरा कवितामा सगौरव वर्णन गरिएको छ । व्यक्तिगत लोभलालचबाट माथि उठ्दै आफ्नो प्राणको बाजी लगाएर हाम्रा वीर पुर्खाहरुले नेपाल राज्यको रचना गरेको कुरा कविले व्यक्त गरेका छन् ।

 

ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरवगथाको वर्णन गर्नुहोस्।

 

उत्तर:- प्रस्तुत कवितामा नेपाली गौरवपूर्ण इतिहासको गाथा गाइएको छ । कविता अनुसार हाम्रा पुर्खाहरुले रचना गरेको इतिहास निकै गौरवपूर्ण छ । संसारको कुनै पनि शक्तिसँग नझुकेर बरु बलिदान दिन तयार भएर हाम्रा पुर्खाहरु आफ्नो मातृभूमीको अस्मिताको रक्षा गर्न सफल भएका छन् । हामीलाई गौरवको महसुस हुन्छ र छाती फुलेर आउँछ । गरुडको मैं वेगमा अगाडि बढेका हाम्रा पुर्खाहरुलाई इतिहासमा कसैले पनि रोक्न र छेक्न सकेको देखिंदैन । मातृभूमिप्रतिको अगाध स्नेहले प्रेरित भएर जस्तोसुकै बलिदान दिन पनि तयार हाम्रा वीरपुर्खाहरुको गौरवगाथाको वर्णन यस कवितांशमा गरिएको छ ।

 

१५) कुनै एक प्रश्नको उत्तर दिनुहोस ।              (८)

 

क) 'गाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ ? समीक्षात्मक उत्तर लेख्नुहोस् ।

उत्तर:- “गाउँको माया” सुप्रसिद्ध कथाकार इस्मालीद्वारा लेखिएको कथा हो । तराई मधेसको जनजीवनको सजीव चित्र उतार्ने इस्माली सामाजिक कथाकार हुन् । उनका कथामा मधेसतिरको समाजको यर्थाथ चित्रणका साथै आलोचनात्मक दृष्टिकोण रहेको हुन्छ । “गाउँको माया” एक सामाजिक कथा हो । यसमा पढाइको सिलसिलामा सहर पसेको प्रमुख पात्र दुई वर्षपछि गाउँ फर्किंदा गरेका अनुभूतिहरुको मार्मिक चित्रण गरिएको छ ।

यो कथा मधेशको गाउँको कथा हो । एउटा परम्परागत रीतिरिवाज र मूल्य मान्यतामा चलेको गाउँ छ । गाउँका अधिकांश मानिसहरु अशिक्षित छन् । गाउँमा केही मानिसले मात्र प्राथमिक शिक्षा हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि सहर जानु पर्ने अवस्था छ। विभिन्न समुदायका मानिसहरु मिलेर बसेको गाउँको वातावरण प्राकृतिक छ । खेतीपाती र मेलापात गर्ने, गोठालो जाने, खेतमा काम गर्ने र खोलामा पौडी खेल्न जाने प्रसङ्गबाट यो कुरा प्रस्ट हुन्छ ।

कृषि पेसामा आधारित समाजको वर्णन कथामा मुख्य छ । गाउँका अधिकांश मानिसहरुले कृषिमा आधारित जीवनयापन गरेको देखिन्छ । परम्परागत प्रणालीमा आधारित खेतीपाती छ । विद्यालय, स्वास्थ्य चौकी, बाटोघाटो, पुलपुलेसा गाउँमा बनेका छैनन् । विकासको उज्यालो घामबाट गाउँ वञ्चित छ । गरिबी र अशिक्षाको अँध्यारोमा गाउँ रुमल्लिएको छ । गाउँमा परम्परागत मेला, जात्रा, प्रहसन र नाटक भने बेला बेला भइरहन्छन् ।

किसन भाइ दुई वर्ष सहर बसेर फर्किदाँ गाउँमा केही परिवर्तन हुन थालेको महसस गर्छ । गाउँमा पार्टी राजनीतिले प्रवेश गरेको छ । गाउँमा मानिसहरु दलगत स्वार्थमा विभाजित बन थालेको देखिन्छ । नेतृत्वमा पुग्ने मान्छेहरुबाट पटक पटक धोका हुने गरेको र सङ्कीर्ण स्वार्थमा अगुवाहरु बिक्न थालेबाट गरिब, किसान, मजदुरका समस्या ज्युकात्यु रहेको सामाजिक परिवेशको मार्मिक चित्रण “गाउँको माया” कथामा गरिएको छ ।

 

ख)  यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ । स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ ।

 

उत्तरः- प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस पाठमा योग र ध्यानको महत्वका बारेमा प्रकाश पारिएको छ । पत्रकार अमित ठाकुरको प्रस्तुत मनोभावमा मानसिक स्मृतिको सामर्थ्य प्रतिविम्बिवत भएको छ। विगतका अनुभवको सम्झना नै स्मृति हो । स्मृतिले विगत र वर्तमानलाई जोडेको हुन्छ । मानव जीवन नै स्मृतिको पुञ्ज हो । स्मृतिले नै मानव जीवनलाई रमाइलो बनाउने मात्र नभएर मार्गनिर्देशन पनि, गर्दछ । विगतको अनुभव र अनुभूतिबाट पाठ सिकेर नै वर्तमानमा पाइला चाली भविष्यको गन्तव्य पछ्याउने प्रयास गर्नुपर्छ । जीवन नै अनुभवको शास्त्र हो । विगतको जीवन भोगाइको स्मृतिले कहिले सुखद अनुभूति दिलाउँछ त कहिले भावविह्वल पनि बनाउँछ। भावुकताबाट नै मानिस स्वप्नील संसारमा विचरण गरी सिर्जनामा फक्रन्छ। स्मृतिले नै मानिस शब्दशक्तिको लहरामा फैलन्छ त कहिले भावुकतामा बरालिन्छ । स्मृतिले नै मानिसलाई विगतका कमजोर पक्षहरू सुधार गरी सत्मार्गमा हिंड्न प्रेरित गर्दछ । स्मृतिले नै मानिसलाई सत्कर्ममा गतिशील बनाई पुनर्जीवित बनाउन सक्दछ । यस रचनामा पनि अमितलाई विगतको स्मृतिले आफ्नो लक्ष्य प्राप्तिका लागि पृष्ठपोषणको काम गरेको पाइन्छ ।

अतः स्मृतिले नै शब्दलाई जोड्छ, भत्काउँछ, मानिसलाई मानिस बनाई पुनर्जीवित गर्न सक्छछ  

 

१६) दिइएका मध्य कुनै एक शिर्षकमा २५० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस ।                   (८)

 

क) मेरो भविष्यको योजना

ख) म प्रधानमन्त्री भएँ भने

ग) मलाई मन पर्ने ठाउँ उत्तर :

 

मेरो भविष्यको योजना

 

सबै मानिसका आआफ्ना योजना हुन्छन् । योजनाविनाको जीवन असफल र अपूर्ण हुन्छ । त्यस कारण कुनै पनि व्यक्ति, समाज वा राष्ट्रले समय अनुसार योजना बनाएका हुन्छन् । योजना भनेको काम गर्ने बाटो वा तरिका हो । कुन बाटो कहिले, कहाँ र कसरी जाने भन्ने कुरा योजनामा स्पष्ट हुन्छ । योजनाबाट नै व्यक्ति, समाज र देश अगाडि बढिरहेका हुन्छन् । योजना पनि विभिन्न विषय, क्षेत्र र प्रकारका हुन्छन् । आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक आदि । त्यसैगरी अल्पकालीन, दीर्घकालीन योजना विभिन्न रूप र प्रकारका हुन्छन्।

मेरो पनि भविष्यको निश्चित योजना छ । विशेष गरी मेरो देश नेपाल गरिब, अविकसित देश भएकाले यहाँका धेरै जनता गरिबी, बेरोजगारी आदिबाट पीडित छन् । राजनीतिक अस्थिरता र अदूरदर्शी एवम् अलोकप्रिय नेतृत्वले गर्दा राष्ट्र दिनानुदिन अन्धकारमा धकेलिएको छ । विकृति, विसङ्गति, अनियमितता झाङ्गिइरहेका छन् । चाकडी, चाप्लुसी र भ्रष्टाचारले राज्यका हरेक क्षेत्रमा पकड जमाएको छ । राजनीतिक, आर्थिक, शैक्षिक, प्रशासनिक आदि क्षेत्रमा जताततै लथालिङ्ग र भताभुङ्गको स्थिति आएको छ । सानोभन्दा सानो काम गर्न पनि विदेशीहरुको मुख ताक्नु पर्ने लाचारीपन देखिरहेको छ । वर्तमान स्थितिबाट पार पाउनु स्वच्छ, स्वतन्त्र वातावरण युक्त राष्ट्र बनाउनु नै मेरो भविष्यको एक मात्र योजना छ।

हुन त भविष्य भनेको अनिश्चित हुन्छ । अज्ञात र अदृश्य हुन्छ । तैपनि मानिस आसैआसामा बाँचेको हुन्छ । आशाले पनि जीवन र भविष्य उज्ज्वल पार्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक' भन्ने उक्तिले जीवनमा योजनाको ठुलो महत्त्व रहेको प्रस्ट पार्छ । आज यो देशलाई यस्तो योजनाकारको आवश्यकता छ र यस्तो नेतृत्वको खाँचो छ र जुन आवश्यकता समयले साथ दिएमा पुरा गर्ने योजना मैले बनाएको छु ।

वर्तमान अवस्थामा हाम्रो देशमा लाखौं युवा जनशक्ति बेरोजगार भएर बरालिएका छन् । कयौँ त दुर्व्यसनतिर लागेका छन् भने कैयौँ युवाहरु विदेशतिरै पलायन भैरहेका छन् । अर्कोतिर नेपाली अबौं रुपियाँ विदेशीको हात परिरहेको छ । योग्य र सक्रिय जनशक्ति देशले पाइरहेको छैन । देश दिनान्दिन गरिब भइरहेको छ । उद्योगधन्दा, कलकारखानाहरु भएका पनि बन्द हुने क्रम बढिरहेको छ । नयाँ प्रविधियुक्त उद्योगहरु स्थापना भएका छैनन् । यो देश रोग, भोक र शोकले आकान्त छ र अभावैअभावले ग्रस्त छ । देशमा गरिब, अविकास, अशिक्षा र विकृतिले नेटो काटेको छ । यस दःखदपूर्ण स्थितिबाट देशलाई बचाएर निश्चित योजना र दिशातिर लैजाने योजनामा म दृढ छ । त्यसैले आजैबाट विद्यालय तहबाट नै मैले आफूमा इमान्दारिता र सहयोगी भावनाका साथ समाज र राष्ट्रप्रति निष्ठावान् बन्ने प्रण गरेको छु ।

वर्तमान अवस्थामा नेपाली जनता र राष्ट्रले बेहोर्नु परेको अभाव, दुःख, कष्ट र पीडालाई हृदयङ्गम गरी भविष्यमा आउँदो पिँढी र सन्ततिले यस्तो पीडाबाट छुटकारा दिलाउने कुरामा म सबैलाई विश्वस्त पार्दछ । यसैमा मेरो योजना बन्नेछ । राज्यका हरेक क्षेत्रलाई चुस्त दुरुस्त र पारदशा बनाएर लैजान तन, मन र कर्मले एकाग्र हनेछ । दढ वचनबद्धताका साथ भविष्यमा सुन्दर विकासत र सम्पन्न राष्ट्र निर्माणमा अल्पकालीन एवम दीर्घकालीन योजनाका साथ लाग्नेछु । प्राकृतिक र सांस्कतिक रूपमा सन्दर यस देशलाई मेरो दरगामी र सही नीति निमाणका योजनाले थप सुन्दर बनाउने छ। म यसलाई सम्पन्न राष्ट बनाउने छ । त्यसैले यो समाज र राष्ट्रलाई मेरो योजनाको खाँचो छ । म मेरो भविष्य यही योजना कार्यान्वयनमा समर्पण गर्दछु ।


धन्यवाद !!

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.