Bir Purkha "वीर पुर्खा" (कविता ) | Class 11 Nepali Exercises/Notes | कक्षा ११, अनिवार्य नेपाली, पाठ १ - अभ्यास
शब्दभण्डार
२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् :
गिद्ध प्रजातिको ठूलो पंक्षी विषेश – गरुड
प्रवाह – वेग
डाम – डोब
गौँडा – नाका
पुरुषार्थ – पौरख
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पर्वत
पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट
भएको सुन्दर जिल्ला हो ।
तिर
हामी माछा मार्नको लागी तीरमा जान्छौं ।
बहादुर
तपाईं बहादुर र बलियो हुनुहुन्छ ।
सङ्केत
दयालु व्यक्तिको अनुहारमा सहानुभूतिको संकेत थियो ।
नभ
नभको सुन्दर दृश्य हेर्न म कौशीमा गए ।
समुद्र
समुद्रको पानी नमकीन थियो ।
पाषाण
पाषाण काललाई ढु्गा युग भनिन्छ ।
झन्डा
हरेक बिहान झण्डालाई पोल मा उठाइन्छ ।
४. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस् ।
आँधी : बाँधी
वेग : भेग
खोला : होला
तराई : पराई
धारा : भारा
माटो : बाटो
रगत : जगत
गौरव : सौरव
बोध र अभिव्यक्ति
१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् ।
क) कवितामा कतिवटा श्लोक छन् ?
- कवितामा चारवटा श्लोक छन् ।
ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
- पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।
ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
- समान पदसङख्या भएको श्लोक दोस्रो हो ।
घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
- तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।
ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सुची बनाउनु होस् ?
नदी : टिस्टा, रावी, वेत्रावती, हिमनदी
स्थान : हिमाल, पहाड, तराई, काँगडा, डिगर्चा
२. ‘ वीर पुर्खा ‘ कविताको पहिलो श्लोक पढी त्यसलाई गद्यमा
रुपान्तरण गर्नुहोस् ।
वीर पुर्खाको साहसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन
। उनीहरुको आइपर्ने कुनै खोला, पहाड एवम् आधीले उनीहरुको वीर यात्रा छेक्न
रोक्न सकेन । वीर पुर्खाको वेग गरुडझै थियो जुन कुनै आकाशले बाध्र सकेन । वीर
पुर्खाको पौरखले तराई, पहाड र हिमाललाई एक बनाई नेपालको रचना भयो ।
३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस् ।
ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
ग) वेत्रवेतीमा किनारमा नेपालीको पौरखको चिनो छ ।
क) वीर पुर्खाको रगत नेपालीको नसा नसामा छ ।
४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस्
।
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला
वेत्रावती किनारभरि पौरखको चिनो होला
पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।
प्रश्नहरू:
क) माथिको कवितांशमा हाम्रा पुर्खाहरुको बारेमा के भनिएको छ
?
- नेपाली साहित्यका जाज्वल्यमान प्रतिभा कवि प्रा.डा वासुदेव त्रिपाठीद्वारा लिखित ‘वीर पूर्खा’ नामक कविता राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोता एक ऊकृष्ट रचना हो । यस कवितामा हाम्रा वीर पुर्खाहरूको त्याग, समर्पण र साहसको बारेमा विशेष चर्चा गरिएको छ । हाम्रा पुर्खाहरूले ज्यानको बाजी लगाएर सिङ्गो नेपाल निर्माण गरेका हुन् । उनीहरु शत्रुसँग कहियै पनि डराउन र हार्न जानेनन । शत्रुहरु हाम्रा पुर्खाको नाम सुनेर काम्थे । हाम्रा पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आँधीले रोक्न सकेन ।
हाम्रो देशको इतिहासको पानामा वीर पुर्खाको तातो रगत बगेको छ । उनीहरू ऊतरमा तिब्बतको डिगन डिगर्चा सम्म पुगेका थिए । वेत्रवती किनारमा हाम्रा पुर्खाको चिनो छ । उनीहरूको बहादुरी साँच्चै नै अद्भूत छ । विदेशीसँग युद्ध गर्ने क्रममा उपाधुनिक मेसिनगन र तरबारका सामु नेपालीहरूले खुकुरी, गुलेली र ढुङ्गाको भरमा युद्ध जितेका थिए । हाम्रा पुर्खाको बहादुरी साँच्चै नै प्रशंसनीय र उल्लेखनीय भएको कुरा कविताँशमा बताइएको छ ।
ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौ ?
- नेपाली साहित्यका विशेष प्रतिभा कवि वासुदेव त्रिपाठी ( वि.सं १९९९) द्वारा रचित ‘वीर पुर्खा’ कवितामा हाम्रा वीर पुर्खाको गौरवगान गरिएको छ । साँच्चै नै उनीहरूको बहादुरी, साहस, समर्पण, बलिदान र देशको रक्षाका लागि योगदान कदरयोग्य र गौरव गर्न लायक थियो ।
हामीले पनि हाम्रा पुर्खाको गौरव जोगाउनु पर्छ। हामी सधै देशको रक्षाका निम्ति एकजुट भएर लाग्नुपर्छ। हामी परि आएको खण्डमा शत्रुको घाटी काट्न पछि पर्नु हुँदैन । हामी नेपालीहरू अहिलेसम्म कसैको सामु घोडा टेकेको छैनौ र टेक्न पनि हुँदैन । वीर पुर्खाले देखाएको बाटोमा लाग्नु हाम्रो प्रमुख दायित्व हो । देशद्रोही र भष्टचारीलाई कडा भन्दा कडा सजाय दिनु नै पहिलेको आवश्यकता देखिन्छ । हाम्रो देशका निर्माता वीर पृथ्वीनारयण शाहले घुस लिने र दिने देशका शत्रु हुन् भन्ने भनाइलाई अग्रसर गर्दै देशका भ्रष्ट व्यक्तिलाई देश निकाला गर्नुपर्छ । हाम्रा वीर पुर्खाको बहादुरले आर्जेको जमिन ; लिम्पियाधुरा, कालापानी र नालापानी दिनानुदिन मिचिदा पक्कै पनि पुर्खाको आत्माले शान्ति पाउन सकेको छैन । त्यसकारण वर्तमान परिपक्षमा राजनैतिक, कूटनीतिक र आवश्यक परे युद्ध नै किन नहोस हामीले देशलाई रक्षा र माया गरेर देशको सिमाना जोगएर पुर्खाकी गौरव जोगाउन सकिन्छ।
ग) `सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।´ यस कथनको तात्पर्य के हो ?
- वासुदेव त्रिपाठीद्वारा रचित ‘वीर पुर्खा’ कवितामा हामा पुर्खाको बलिदान, त्याग र बहादुरीको चर्चा गरिएको छ। हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधीले रोक्न सकेको थिएन। हाम्रा पुर्खामा आकाशमा स्वतन्त्र उड़ने गुरुड़को जस्तो वग थियो । उत्तरमा तिब्बतको डिगर्चा, पश्चिमको राबी नदी र साथसाथै काँगडा, कलङ्गा, टिस्टा, गङ्गा, वेत्रावतीको किनारमा हाम्रा वीर पूर्खाको बहादूरीको गीत गुन्जिरहेको छ । उनीहरूले जहाँ टेक्यो त्यहाँ जीत निश्चत नै हुन्थ्यो । हाम्रा वीर पुर्खाले धेरै टाढासम्म पुगेर तातो रगत बगाउँदै शत्रूलाई परास्त गरेका थिए । प्रथम र दोस्रो युद्धमा हाम्रा वीर पुर्खाको योगदान उल्लेखनीय छ । उनीहरूको साहस बहादुरिको प्रशंसा संसारभरि गरिन्छ ।
५. तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
क) नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?
- नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम् वीरताले र खोलाको गति जस्तो, आधी र गरुडको वेग जस्तो नेपालीहरूको पौरखले पहाड, हिमाल र तराइलाई एक वनाई नेपालको रचना भएको हो ।
ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन
गर्नुहोस् ?
- कुनै पहाड वा खोलाले हाम्रा वीर पुर्खाको पाइलालाई रोक्न सकेन । आँधीको वेगले पनि उनीहरूको यात्रालाई रोक्न सकेन । गरुडको वेग जस्तो पुर्खाको यात्रालाई कसैले छेक्न सकेन आफ्ना अगाडि बढेका पाइलालाई नरोकी आफ्नै पौरखले यस देशको निर्माण हाम्रा पुर्खाले गरेका हुन् भनी उनीहरूको गौरव गायाको वर्णन गरिएको छ ।
६. `वीर पुर्खा´ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका
प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) नेपालीहरुको वीरता कसरी गुन्जिएको छ ?
- सत्रुहरूले नाका थुनेर पनि वीर नेपालीहरूलाई छेक्न सकेका छैनन्। आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत बगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको वीरताको प्रशंसा गरेका छन्।
ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
- नेपाल राष्ट्र निर्माण गर्ने वीर गोर्खालीहरूले आफ्नो रगत बगाएका थिए भन्ने गौरव गाथा चन्द्रसूर्य ध्वजामा अक्ति छ ।
७. दिइएको कवितांशको व्याख्या गर्नुहोस् ।
गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो ।
पैरखले रच्यो नेपाल ! पहाड तराई जुट्न सक्यो ।
- प्रस्तुत कवितांश कक्षा ११ अनिवार्य नेपाली किताबको वीर पर्खा कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि वासुदेव त्रिपाठी (वि.स १९९९) हुन् । हाम्रा वीर पुर्खाको बलिदान, साहस, बहादूरी र पौरखको कारणले नै सिंगो नेपाल जुट्न सकेको कुरा बताउने क्रममा माथिको अशं आएको हो ।
हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधौले रोक्न सकेको थिएन । उनीहरूमा आकाशमा स्वच्छ्न्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरूलाई देखेर शत्रुको पनि खुट्टा काम्ने गर्थ्यो । उनीहरू मर्न तयार भए तर हार्न कहिल्यै जानेनन् । नेपालको इतिहास फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो साम्राज्य खडा गर्न सकेन। न त कुनै साम्राज्यवादी शक्ति सामु घुँडा टेवन पयो । हाम्रो देश नेपाल यतिकै निर्माण भएको होइन । पृथ्वीनारायण शाह, बलभद्र कुँवर लगाप्तका हजारौ नेपालीको त्याग, बलिदान र सत्प्रयासबाट बनेको हो । शुरवीर पौरखी पुर्खाले हिमाल, पहाड र तराईलाई जोडेर नेपाल बनाएका हुन् ।
अतः हाम्रा पुर्खाले देशलाई जुटाउन पुऱ्याएको योगदान साच्चै
नै उल्लेखनीय थियो । उनीहरुको वेग गतिका सामु सत्रुहरू फिक्का रहेको विचारा प्रकट
भएको प्रस्तुत कविता, देशप्रेमको भावनाले ओतप्रोत भएको ऊकृष्ट कविता हो।
८. दिइएका बुँदाका आधारमा ‘वीर पुर्खा” कविताको समीक्षात्मक
टिप्पणी गर्नुहोस् ।
(क) पुर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न
तथा आँधीले रोक्न नसकेको
(ख) आकाशमा स्वच्छन्द उड्ने गरुडको जस्तो वेग
(ग) पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका
(घ) हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिस्टा र
राबी नदी तथा काँगडा, कलङ्गा र गङ्गासम्म गुन्जिएको
(ङ) उत्तरमा तिब्बतसम्म पौरखी पाइला पुगेको
(च) मित्रताले मात्र पुर्खाहरूको विजय यात्रालाई
रोक्न सकेको
(छ) पुर्खाहरूको बहादुरी संसारभर फैलिएको
(ज) हाम्रो नसामा आज पनि पुर्खाकै रगत बगेको
टिप्पणी
- ‘वीर पुर्खा’ कविता कवि वासुदेव त्रिपाठी (वि.सं १९९९) द्वारा रचिएको कविता हो । उनले यस कवितामा राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएर अथवा देशभक्तिको भावनाले अभिप्रेरित भइ यो कविता रचना गरेका हुन।
हाम्रा पुर्खामा आकाशमा स्वच्छन्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरुको यात्रालाई कुनै खोला, पहाड आँधीले रोक्न सकेको थिएन । हाम्रा शुरवीर पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका हुन् । उनीहरुकै कारणले आज नेपाल विश्वमानचित्रमा अट्न सफल भएको छ । हाम्रा वीर पुर्खाको बहादूरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलागी र गंगा सम्म अहिले पनि गुन्जिरहेको छ । उनीहरुको पौरखी पाइला ऊतरमा तिब्बतसम्म पुगेको थियो । उनीहरूको विजय यात्रालाई मित्रताले मात्र रोकेको थियो । छिमेकी मुलुकसँगक व्यापारलाई मजबूत बनाउन हाम्रा पुर्खाले मितेरी साइनो र विभिन्न सन्धिहक गरेका थिए ।
यस कविताको शीर्षक ‘वीर पूर्वां’ अभ्यन्त सार्थक देखिएको छ किनभने यस कवितामा हाम्रा वीर पुरवले हाम्रो स्वाभिमान, सार्वभौमिकता र अखण्डता रक्षाका लागि पुर्याएको विशेष योगदानको चर्चा गरिएको छ। चार श्लोक रहेको कवितामा प्रत्येक श्लोक असाध्यै राम्रा छन् । तृतीय पुरुषमा लेखिएको कविताको यात्रा भाषा अत्यन्त सरल छ । राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोत यस कविता अत्यन्त उत्कृष्ट रचना हो ।
९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदाहरु टिप्नुहोस् ।
सुरु सुरुमा इतिहास पनि साहित्यकै एक अङ्गका रूपमा मानिएको
थियो । मानिसलाई आनन्द दिलाउने तथा मनोरञ्जन प्रदान गर्ने साधनका रूपमा यसको
प्रयोग गरिन्थ्यो । इतिहासका सत्य घटनालाई बढीभन्दा बढी रोचक बनाउन अनेक काल्पनिक
कुरा समावेश गरिन्थ्यो । यसले गर्दा इतिहासको वास्तविकता के हो, पहिल्याउनसमेत गाह्रो पर्थ्यो । इसापूर्व
पाँचौँ शताब्दीतिरका केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए ।
ग्रिक विद्वान् हेरोडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ । उनी इतिहासका
प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । हेरोडोटसपछि थुप्रै विद्वान्ले
इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढङ्गले लेख्ने प्रयत्न गरे । हेरोडोटसकै
अनुयायी थ्युसिडाइसले पेलोपोनेसियन युद्धको इतिहास आफ्नै व्यक्तिगत अवलोकन र
प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका थिए । अरिस्टोटलले इतिहासलाई दार्शनिक
चिन्तनका रूपमा लिएका थिए । मध्यकालमा आएर युरोपमा इतिहासलाई धर्मसँग गाँसेर
अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो । सोरौँ सत्रौं शताब्दीमा युरोपमा आएको
पुनर्जागरणले भने इतिहास लेखनमा ठुलै परिवर्तन ल्यायो । यस युगमा आएको परिवर्तनले
गर्दा फेरि विद्वान्हरूले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन थाले । आधुनिक युगमा
इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भयो । यस युगमा प्र इतिहासको खोजीको
प्रक्रिया पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो I
– इतिहासकारले सत्य घटनालाई रोचक बनाउन काल्पनिक
कुरालाई जोड्नु,
– मानिसलाई मनोरञ्जन दिलाउने साधनको रूपमा पहिले
इतिहासलाई साहित्यको एक अग मान्नु,
– इसापूर्व पाँचौँ शताब्दीतिर केही चिन्तकहरू
इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील हुनु,
– प्रथम इतिहासकार हेरोडोटसले इतिहासलाई कथा र
दन्त्यकथाभन्दा अलग ढड्गले लेख्ने प्रयत्न गर्नु,
– अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा
लिनु, मध्यकालमा इतिहासलाई धर्मसंग गासेर अध्ययन र परिभाषा गर्नु,
– सोह्रौ सत्रौं शताब्दीमा युरोपमा आएको
पुनजांगरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउनु,
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको जवाफ दिनुहोस्
।
भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्ति आफ्ना विचार
विनिमय गर्छन् । भाषालाई स्पष्ट रूपमा चिन्न यसका प्रकृति र विशेषताको उल्लेख
गर्नु अझ सान्दर्भिक ठहरिन्छ । भाषा पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित
सम्पत्ति हो । भाषा सामाजिक वस्तु हो र यो एक प्रकारको परम्परा पनि हो । कुनै पनि
व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन । वास्तवमा
भाषा अनुकरणद्वारा आर्जन गर्ने गरिन्छ । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै
अन्तिम स्वरूप हुँदैन । भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ । प्रत्येक भाषाको
आफ्नै प्रकारको संरचना हुन्छ । स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ
यात्राशील रहन्छ । त्यस्तै हरेक भाषा आफ्नो विकासको क्रममा स्थूलबाट सूक्ष्मतिर र
अपरिपक्वको स्थितिबाट परिपक्वको स्थितितिर यात्रारत रहन्छ । सबै भाषाको आफ्नो मानक
रूप हुन्छ । यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।
क) भाषा भनेको के हो ?
- भाषा भनेको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।
ख) भाषाका विशेषताहरु बताउनुहोस् ।
- भाषाका विशेषताहरु सिर्जनात्मकता, यादृच्छिकता, सान्दर्भिकता, द्वैधता, मौखिकता, श्रावणिकता आदि हुन् ।
ग) `वाक्प्रतिक´ र `यादृच्छिक´ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
वाक्प्रतिक : बोलीले कुनै वस्तुलाई चिनाउने काम भाषा
वाक्प्रतिकको व्यवस्था हो।
यादृच्छिक : स्वतः विकसित र स्थापित हुने भाषा यादृच्छिक
हुन्छ ।
घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा
बदल्नुहोस् ।
- भाषा यादृच्छिक वाक्प्रतिहरुको व्यवस्था हो त्यसैले यसको सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।