Class 10 Nepali Chapter 1 Ujyalo Yatra, पाठ १ - उज्यालो यात्रा , अनिवार्य नेपाली, New Course

Class 10 Nepali Chapter 1 Ujyalo Yatra, पाठ १ - उज्यालो यात्रा , अनिवार्य नेपाली, New Course

पाठ १ - उज्यालो यात्रा 

Class 10 Nepali Chapter 1 Ujyalo Yatra, पाठ १ - उज्यालो यात्रा , अनिवार्य नेपाली, New Course


शब्दभण्डार

 

. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :

 

उत्तर :

() मनमा उत्पन्न हुने भाव वा विचार                    :     भावना

() श्रीखण्ड घोटेर बनाइएको लेप                        :     चन्दन

() गौरवले भरिएको                                         :     सगौरव

() आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम     :     त्याग

() सबैभन्दा उच्च वा अग्लो                                 :     सर्वोच्च

 

 

. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो यो चौपाया वर्गभित्र पर्छ मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ दुग्ध दुग्धजन्य पदार्थ विक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ

 

जनावर     -     चौपाया

पोसिलो     -     तागतिला

उपार्जन     -     आम्दानी

 

 

. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्

 

प्रेम         -     माया

शक्ति     -     तागत

धर्ती         -     धरणी

कर्म         -     काम

जिन्दगी     -     जीवन

शिर         -     टाउको

राम्रो         -     सुन्दर

महान्         -     उच्च

हावा         -     पवन

आकाश     -     नभ

नयन         -     आँखा

 

 

. 'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् :

 

निम्न     -     उच्च

दुःखी     -     सुखी

अज्ञान     -     ज्ञान

सम्भव     -     असम्भव

आफ्नो     -     अरु

अन्याय     -     न्याय

 

 

. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :

 

उदाहरण : धारिलो - भुत्ते, धेरै - थोरे 

 

माथि         - तल (घरमाथि डाँडा खेतको तल खोल्सो )

उज्यालो     - अँध्यारो (झ्याल खोले उज्यालो हुन्छ झ्याल लगाए अँध्यारो हुन्छ )

शिर         - पाउ (रियाजले शिरमा ढाकाटोपी लगाएको भने पाउमा जुत्ता लगाएको

जित     -   हार (फुटवल खेलमा हाम्रो जित भयो हिम्मतसाथ खेलियो भने हार कहिले हुँदैन )

न्याय     - अन्याय (न्यायको लागि हामी हर्दम लड्नु पर्छ  अन्यायमा पर्दा चुपलागेर बस्नु हुँदैन )

 

 

बोध अभिव्यक्ति 

 

 

. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् :

 

अनुष्टुप छन्दका चार पाउ हुन्छन् यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ पहिलो तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो चौथो पाउको सातौँ अक्षर लघु (स्व) हुन्छ यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु चौथो पाउमा लघु हुन्छ प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ

 

 

. 'उज्यालो यात्रा' कविताबाट लेखन उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस्

 

विश्व, जीवन, संसार, कविता, जसका

 

 

. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस्

 

 उदाहरण : चन्दन - नन्दन 

 

असम्भव - सब, सुखी - खुसी, सौरभ - गौरव, भरी - छरी, मनोहर - सुन्दर, खातिर - शिर

 

 

. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

जसका भावना हाँस्छन्, मनमा रागिनी भरी जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी

 

() यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्

 

जसका भावना हाँस्छन्,

मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन

रातमा चाँदनी छरी

 

() कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्

भावना, रागिनी, जिन्दगी, चाँदनी

 

() कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्

भावना, रागिनी, जिन्दगी, चाँदनी

 

() कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्

हाँ, , बाँ,

 

 . दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्

 

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर

उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर

समर्पित भएका छन् जो सदा न्यायखातिर

संसारमा उठेका छन् तिनैका विजयी शिर

 

() धर्तीलाई केले मनोहर बनाएको ?

 

उत्तर : ज्ञान कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको

 

() कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?

उत्तर : कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ उनीहरुले कर्म गरेर समाज देशलाई पनि सुन्दर बनाउँछन्

 

() कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको ?

उत्तर : कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो हुन्छ भनिएको

 

() कवितांशबाट के सन्देश पाइन्छ ?

उत्तर : हामी ज्ञान कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ

 

 

. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्

 

() 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस्

 

हामीले जीवनमा निरन्तर मिहिनेत परिश्रम गरिरहनु पर्छ अथक मिहिनेतबाट नै जङ्गल स्वर्गको बगैंचा जस्तो सुन्दर बन्न सक्छ दाउरोलाई सयौंपल्ट घोटेर चन्दन बनाउन सकिन्छ मनमा यो काम गरेरै छाड्ने भन्ने अठोट भने यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन यो संसारमा जति पनि महान् मानिसहरु छन्, उनीहरु सबै दृढ अठोटका कारण महान् भएका हुन् त्यसैले हामीहरु पनि मनमा अठोट लिएर निरन्तर मिहिनेत गर्यौँ भने अवश्य महान् बन्न सकिन्छ

 

() जीवन सार्थक पार्न के के गर्नुपर्छ ?

 

जीवन सार्थक पार्न हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ मनबाट इर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ अन्यायका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ यसरी लोभलालच नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र धर्ती सजाउने काममा लाग्यो भने जीवन सार्थक बनाउन सकिन्छ

 

() कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?

उत्तर : कवितामा कविले लोभलालच व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन् चन्द्रसूर्य जस्तै बनेर अरुलाई उज्यालो किरण दिन चाहन्छन् आफ्नै पौरखले जीवनको वाटो खन्न खोजेका छन् यसरी कवि एउटा महान् मानिस बनेर अरुको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन्

 

() 'उज्यालो यात्रा' कविताको मूल भाव के हो ?

 

हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ मनबाट इर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ ज्ञान कर्मले हाम्रो धर्ती सजाउनुपर्छ अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ हामी चन्द्रसूर्य बनेर धर्तीको अन्धकारलाई हटाउनुपर्छ यसरी असल कर्म गरेर हामी महान् मानिस बन्न सक्नुपर्छ भन्नु नै यो कविताको मूल भाव हो

 

 

११.

() भाव विस्तार गर्नुहोस् :

 

ईर्ष्याद्वेष हटाएर जो प्रेम छर्छन् सौरभ

तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव

 

प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो यस कविताका लेखक नेपाली साहित्यका प्रसिद्ध कवि रामप्रसाद ज्ञवाली हुन् यस कवितामा कविले असल मानिस बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव प्रस्तुत गरेका छन्

 

महान् मानिस बन्न ईर्ष्याद्वेष जस्ता खराब आचरण त्याग्नुपर्छ भन्ने बुझाउने सन्दर्भमा प्रस्तुत कवितांश आएको हो ईर्ष्याद्वेष हाम्रा शत्रु हुन् हाम्रो सुखका बाधक हुन् यति मात्र नभएर समाजको उन्नतिका पनि बाधक हुन् अरुको डाह गरेर मनमा शत्रुताको भावना राखेर हामी कहिल्यै असल मान्छे बन्न सक्दैनौं गौतम बुद्ध जसले ईर्ष्या द्वेष कहिलै मनमा राखेनन्, विश्वमा शान्तिको सन्देश फैलाए अनि विश्वले गौरव गर्न लायक मान्छे कहलाए। मनमा ईर्ष्या द्वेष पाल्ने मान्छेले आफ्नै आमालाई पनि सही देख्न सक्दैन मनमा सफा भयो भने हामी, प्रेमको सुवास छर्न सक्छौं आफू खुसी रहेर अरुलाई पनि खुसी बनाउन सक्छौँ आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त नभएर प्रेम बाँड्ने मान्छेहरू विश्वकै गौरव भएर रहन सक्छन् हामीले पनि मनबाट द्वेष हटाउनुपर्छ मानव कल्याणका लागि अग्रसर हुनुपर्छ

 

यसरी अनुष्टुप छन्दमा लेखिएको यस कवितांशमा हामीलाई सत्मार्गमा लाग्न आग्रह गरिएको प्रेमको सुवास बाँड्ने मान्छे नै विश्वका निम्ति गौरव हुने कुरा स्पष्ट पार्दै यही बाटोमा सबैलाई डोऱ्याउन खोजिएको

 

 

() उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै

 

प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो यस कविताका लेखक वरिष्ठ साहित्यकार कवि रामप्रसाद ज्ञवाली हुन् यस कवितामा हामीलाई असल काममा लाग्न प्रेरित गरिएको राम्रो काम गर्ने मान्छे आदर्श मान्छे बन्ने सन्दर्भ बुझाउने क्रममा प्रस्तुत कवितांश आएको हो

 

मानिस कर्मले महान् बन्छन् कुर्मले यो धर्ती सुन्दर बनाउन सकिन्छ कर्मले जङ्गल नन्दन बनाउन सकिन्छ सयौंपल्ट कुदेर ढुङ्गा मूर्ति बन्छ मान्छेले कर्म नगरी अल्छी गरेर बसेको भए हामी ढुङ्गे युगमै हुन्थ्यौं हाम्रा अग्रजहरुका महान् कर्मले नै हामीले यो सुन्दर संसार पाएका छौं कर्मले पहाड फोडिएका छन्, कर्मले मूरुभूमिमा उब्जनी भएको पृथ्वीनारायण शाह कर्मले महान् आदर्श राजा बने डा. सन्दुक रुइत कर्मले आदर्श व्यक्ति बन्दै छन् अझ निरन्तरको असल कर्मले मान्छेलाई भगवान् बनाउँछ कर्मको यात्रामा लागेर समाज हितमा लागेका मान्छेहरू मरेर पनि अमर छन् एउटा विद्यार्थीलाई पनि असल कर्मले सबैको प्रिय, असल सफल बनाउँछ कर्म नगरी ज्ञान पनि मिल्दैन त्यसैले हामी सबै कर्मको कलमले नै हाम्रो भविष्य निर्माण गर्न सक्छौं

 

यसरी मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको कवितांशमा हामी पनि असल कर्महरु गरेर समाजको आदर्श व्यक्ति बन्नुपर्छ भन्ने भाव स्पष्ट पार्न खोजिएको

 

 

१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस्

 

प्रसिद्ध छन्दवादी कवि तथा समालोचक रामप्रसाद ज्ञवालीद्वारा लिखित 'उज्यालो यात्रा' कविता उनको उत्कृष्ट नीति चेतनामूलक कविता हो यस कवितामा कविले सत्मार्गले मान्छेलाई महान् बनाउने कुरा स्पष्ट पार्न खोजेका छन् कविताका माध्यमबाट हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेका छन्

 

परिश्रम गर्नु तथा मिहिनेती बन्नु नै कर्मशील बन्नु हो कर्मबाट नै सम्भावनाका ढोकाहरु खुल्दै जान्छन् कविका अनुसार कर्मशील बन्न हामीले मनमा उच्च सङ्कल्प लिनुपर्छ मनमा उच्च अठोट लिएर काम गरिन्छ भने त्यो काम अवश्य सफल हुन्छ हामी आफ्नो भर आफै पर्नुपर्छ हामी परनिर्भर होइन आत्मनिर्भर बन्नुपर्छ अरुसँग माग्ने होइन बरु अरुलाई दिन सक्ने हुनुपर्छ मनमा सकारात्मक विचार उदार भावना हुनुपर्छ ईर्ष्याद्वेष राख्नुहुँदैन सबैलाई प्रेम गर्नुपर्छ प्रेमको सुवास छर्नुपर्छ हामी अल्छी नबनी निरन्तर कर्मको यात्रामा लाग्नुपर्छ बाधा अड्चनहरू आउँदा निराश बनेर पछाडि हट्नुहुँदैन हाम्रो ज्ञान परोपकार, समाजको उन्नति देशको विकासमा खर्चिनुपर्छ देश निर्माण गर्ने हाम्रो कर्म हुनुपर्छ हामी सधैँ न्यायका खातिर समर्पित हुनुपर्छ अन्याय, अत्याचार, शोषण सहेर बस्नुहुँदैन मनमा लोभलालच राख्नुहुँदैन आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश समाजको उन्नतिका लागि त्याग गर्नुपर्छ सधैं आदर्श मान्छे बन्ने लक्ष्य राखेर महान् कर्ममा खटिनुपर्छ जस्तोसुकै परिस्थितिमा पनि हामी चन्द्रसूर्य जस्तै अटल हुनुपर्छ आफ्नो बाटो आफ्नै पौरखले खन्नुपर्छ

 

यसरी कवि ज्ञवालीले केही तत्सम शब्द, सरल मिठासपूर्ण भाषाशैली साथै अनुष्टुप छन्दको प्रयोग गरी लेखेको यो कविता उत्कृष्ट चेतनामूलक कविता बनेको हामी सबैलाई परोपकारी बन्न प्रेरित गरिएको समग्रमा कर्मशील बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव कवितामा व्यक्त भएको पाइन्छ

 

 

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस्

 

'उज्यालो यात्रा' कविता कवि रामप्रसाद ज्ञवालीले लेखेका हुन् यस कवितामा सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको कविले अन्तिम श्लोकमा आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् उनी अरुको अधीन आड भरोसामा निर्भर परजीवी जस्तो बन्न चाहँदैनन् उनी सर्वोच्च व्यक्ति बन्न चाहन्छन् सर्वोच्च कविता लेख्न चाहन्छन् यसरी कविले आफू कर्मशील, असल सफल बन्ने अनुमान गरेका छन्

 

१४. दिइएका विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :

 

() परिश्रमको फल मिठो हुन्छ  

() मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो

 

 

१५. दिइएका अनुच्छेद पढ्नुहोस् सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

() प्रश्नहरु :

 

() गुरुकुल भनेको के हो ?

गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो

 

() गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?

गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो  

 

() गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?

गुरुकुलमा निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो त्यसैले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो

 

() गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?

समस्या दिएर गुरुले गोप्य रूपले शिष्यलाई नियालिरहेका हुन्थे त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे

 

 

() भाषिक संरचना वर्णविन्यास पहिचान गर्नुहोस्

 

() पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एकओटा नाम, विशेषण क्रियापद लेख्नुहोस्

गुरुकुल - नाम

आवासीय - विशेषण

हो - क्रियापद

 

() 'पढ्' धातुबाट एक एक ओटा नाम क्रियायोगी शब्द निर्माण गर्नुहोस्

पढ्नु (नाम) पढेर (क्रियायोगी)

 

() अनुच्छेदबाट सुरु बिच अन्तिममा हस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्

सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द : विद्यार्थी, शिक्षा, पितृ

बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द : अहिले, निश्चित, तालिका

अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द : कोटि, पनि, अति

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.