Prepared by: Education Guide (Youtube Channel)
Class 11 Social Studies Exam Model Question with Full Solutions 2080, NEB Final BOARD Exam
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
नमुना प्रश्नपत्र (उत्तरसहित)
कक्षा: ११ समयः ३ घण्टा
पूर्णाङ्क : ७५ उत्तीर्णाङ्क : २७
सबै प्रश्नहरूको उत्तर दिनुहोस् :
समूह : "क"
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : (११x१=११)
१. सामाजिक अध्ययनको एक वाक्यमा परिचय दिनुहोस् ।
- सामाजिक अध्ययन भनेको समाज सङ जोडिएर समाजमा हुने हरेक गतिविधिहरुको अध्ययन राख्नु, खोजी कार्य गर्नुलाई नै सामाजिक अध्ययन भनिन्छ ।
२. कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
- कम्प्युटरको प्रयोग भइरहेका क्षेत्र निम्नलिखित छन् :-
- बैंक क्षेत्र
- चिकित्सा क्षेत्र
३. तनाव व्यवस्थापन गर्ने कुनै एक उपाय लेख्नुहोस् ।
- तनाव व्यवस्थापन गर्ने उपाय यस प्रकार छ :-
- सन्तुलित खानपान र व्यायाममा बढी जोड दिने ।
४. अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ ?
- अन्तरवैयक्तिक सिप महत्त्वपूर्ण छ किनकि यसले समाजिक संवाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप विकास गर्छ ।
५. नेपालमा हालसम्म कतिवटा संविधान जारी गरिएको छ ?
- नेपालमा हालसम्म ७ वटा संविधान जारी गरिएको छ ।
६. मध्य पुरापाषाण जीवनशैलीको दुई वटा संस्कृतिहरू उल्लेख गर्नुहोस् ।
- मध्य पुरापाषाण जीवनशैलीको दुईवटा संस्कृतिहरु यस प्रकार रहेका छन् :-
- मस्तेरियन र
- लेभाइलोइसिइन
७. सहरी बस्तीका कुनै दुई उपाय लेख्नुहोस ।
- सहरी बस्तीका उपायहरु यस प्रकार रहेका छन् :-
- यो बस्तीमा बढी जनघनत्व हुने
- उद्योग व्यापार पर्यटन, स्वास्थ्य, शिक्षाको व्यवस्था राम्रो हुने ।
८. गैर कर आय भनेको के हो ?
- सरकारले राजस्व संकलनका लागि अन्य स्रोत र साधनको उपयोग गर्छ र यस्ता स्रोतबाट प्राप्त आयलाई गैर कर आय भनिन्छ ।
९. आस्रित जनसंख्या भन्नाले कुन उमेरको जनसंख्यालाई बुझिन्छ ?
- आश्रीत जनसंख्या भनेको १४ वर्षमुनिका र ६० वर्षभन्दा माथिका उमेर समूहलाई आश्रीत जनसंख्या भनिन्छ ।
१०. विप्रेषणले रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला ?
- विप्रेषण रकम नभए नेपालमा अधिकांश परिवारको आर्थिक स्थिति दयनीय हुन्थ्यो ।
११. परम्परागत स्थानीय उपचार पद्धति भन्नाले के बुझ्नुहुन्छ ?
- परम्परागत स्थानीय उपचार पद्धति भनेको स्थानीय स्तरमा गर्दै आएको उपचार पद्धति वा औषधिहरु आफ्ना पछिल्ला पुस्ताहरुलाई हस्तान्तरण गर्दै विकसित भएको पद्धति हो ।
समूह : "ख"
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : (८x५=४०)
१२. अन्तरवैयक्तिक सम्बन्ध सुधारका कुनै पाँच वटा उपायहरू लेख्नुहोस् ।
अन्तरवैयक्तिक सिप भनेको सामाजिक संवाद गर्ने र अरुसँग सम्बन्ध बढाउने सिप हो । यो व्यक्तिको आन्तरिक क्षमता विकास गरी समाजिक परिवेशमा समायोजन (मिलन) गर्न सक्ने सिप हो । यो आफूले नजानेको कुरा अरुसँग सिक्ने र आफ्नो विचार अरुसँग सञ्चार गर्ने सिप हो । यसले समाजिक संवाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप विकास गर्छ । व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा मिल्न सिकाउँछ ।
अन्तरवैयक्तिक सम्बन्ध सुधारका पाँच वटा उपायहरू यस प्रकार रहेका छन :-
- अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने निम्न उपायहरु अवलम्बन गर्नुपर्छ :-
- हामीले रिस, डाहा, ईर्ष्या जस्ता संवेग नियन्त्रण गर्नुपर्छ ।
- आफूलाई विज्ञ र ठुलो ठान्ने तथा अरुलाई नराम्रो ठान्ने विचार छोड्नुपर्छ ।
- सकारात्मक सोच राख्नु पर्छ ।
- अरूको ज्ञानबाट राम्रो कुरा सिक्नु पर्छ ।
- अरूको कुरा राम्ररी सुन्ने बुझ्ने र आफ्नो प्रतिक्रिया शिष्ट भाषामा जनाउनु पर्छ ।
अथवा
अनलाईन भुक्तानीका फाइदा र बेफाइदाहरु तालिकामा लेख्नुहोस् l
अनलाईन भुक्तानीका फाइदा र बेफाइदाहरु तालिकामा यस प्रकार रहेका छन :-
फाइदा | बेफाइदा |
|
|
१३. मानवको जैविकीय उद्विकासको छोटो परिचय दिनुहोस् ।
- पृथ्वीमा रहेका सबै जीवजन्तुहरु जैविक उदविकास प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रुपमा विकसित भई आजको अवस्थामा आइ पुगेका हुन् । मानव जातिको उत्पत्ति पनि यस्तै जैविकीय उदविकासको प्रक्रियाबाट भएको मानिन्छ । वैज्ञानिक अध्ययनबाट मानवका पुर्खा बाँदर वा नरबानर नभई नरबानर जस्तै देखिने जीवबाट उत्पत्ति भएको पत्ता लागेको छ । नरबानर जस्तै देखिने पुर्खाबाट उदविकास भई क्रमिक रुपमा मानवको रुप विकसित भएको प्रक्रियालाई नै मानवको जैविकीय उदविकास भनिन्छ । वैज्ञानिकहरुका अनुसार आजभन्दा करिब ६० लाख बर्ष अगाडी पुच्छर नभएका, ठाडो जीउडाल, ठूलो मष्तिस्क र दुई खुट्टाले हिड्न सक्ने नर बानरबाट क्रमिक रुपमा विकास गरी परिष्कृत भई आजको मानव यो अवस्थामा आइपुगेको मानिन्छ । खोज र अनुसन्धानले उहिलेका सहेला थ्रोपस, ओंरिरीन र आर्डिपिथेकस नर बानरका अवशेषमा आजका मानिसहरुमा हुने होमीनिडका विशेषताहरु पाइएको छ । यीमध्ये आर्डिपिथेकसलाई पहिलो होमीनिड मानिएको छ । मनावले जैविकीय उदविकास प्रक्रियाद्वारा आफ्ना पुर्खा नरबानर जस्तै देखिने जीवबाट विभिन्न चरणहरु क्रमशः पार गर्दै अहिलेको हाम्रो जतिको सेपियन्स प्रजातिमा आइपुगेका छन् ।
१४. ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
- भौगोलिक अवस्थाले मानिसको जीवनशैलीमा ठूला प्रभाव पारेको हुन्छ । मानिसहरूको लवाई खुवाई, बसाई सराई आदि भौगोलिक अवस्था अनुसार हुन्छ । जनावरहरूमाथि यसको प्रभाव प्रष्ट देख्न सकिन्छ । धेरै चिसो ठाउँमा रहने सील माछाको जीउभित्र धेरै बोसो हुन्छ जसबाट ऊ चिसोबाट जोगिन्छ । धुव्रीय क्षेत्रमा पाइने भालुहरू गर्मी याममा प्रशस्त खान्छन् भने हिउँदमा शीत निद्रामा रहन्छन् । पहाडी क्षेत्रमा बस्ने मानिसहरूलाई उकालो ओरालो हिड्नुपर्छ । कडा परिश्रम गर्नुपर्छ । यसैले उनीहरू दह्रा हुन्छन् । त्यसैले शेर्पाहरू पहाड चढ्न सिपालु हुन्छन् । जाडो ठाउँमा बस्ने मानिसहरूले मासु बढी खाने गर्दछ । जाडोबाट जोगिन उनीहरू छ्याङ पनि पिउँछन् । चियामा नुन र घिउ हाल्छन् । उनीहरू बाक्लो लुगा लगाउँछन् । उनीहरूको होचो घरमा छोटो झ्याल बनिएको हुन्छ । गर्मी ठाउँमा बस्ने मानिसहरू खुकुलो पोशाक लगाउँछन् । तराईबासीहरूले यसैकारण धोती लाउने गरेका हुन् । उनीहरू प्राय: नुहाउने गर्छन् । खानामा दुध दही र चिसो पेय बढी हुन्छ किनकि तराईमा गर्मी हुन्छ । यसैले तराईतिर मानिसहरूको खानामा परिकार बढी हुन्छन् । खेती गरेपछि फुर्सद हुने हुँदा तराईतिर मेला लाग्ने, धाम भर्ने र सांस्कृतिक तथा धार्मिक समारोह गर्ने बढी हुन्छ । मरुभूमिमा बस्ने मानिसहरू गर्मीबाट जोगिन जीउ ढाक्ने लुगाको प्रयोग गर्छन् । भौगोलिक अवस्थाले गर्दा बाँच्नका लागि मानिसहरूले आफ्नो जीवनशैली सो अनुसार परिणत गर्ने गर्दछन् । तर मानिसहरू बुद्धिमान प्राणी भएकाले वातावरणबाट जोगिन घरभित्र केही सुविधा थप्न सक्छन् । बढी गर्मी भए पङ्खा लगाउने, कुलर वा एअरकन्डीसन राख्ने साथै बढी जाडो भए हिटरको प्रयोग गर्ने गर्दछन् । यसरि भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको छ ।
१५. प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ । यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
नेपालबाट कतिपय नेपालीहरू कामको खोजीमा विदेश गएका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । प्रवासमा रहेका यस्ता नेपालीहरूले नेपालको उन्नतिमा पनि लगानी गरिरहेका छन् । यसकारण नेपालको आर्थिक उन्नतिमा सहभागी गराउन निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने माग बढिरहेको छ । नेपालको समृद्धिमा सहयोग पुर्याउने यस्ता प्रवासीलाई पनि असल उम्मेदवार छान्न मत दिने अधिकार दिनु नराम्रो होइन । विदेशको अनुभवबाट यिनीहरूले नेपाली जनतालाई उम्मेदवार छान्दा सोच्नुपर्ने कुराहरू बारेमा सिकाउन सक्छन् । यसका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका बारेमा केही सुझावहरू :-
- प्रवासी नेपालीहरूलाई प्रतिनिधिसभा वा प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सकिन्छ ।
- प्रवासी नेपालीलाई राजनैतिक अधिकारको रूपमा निर्वाचनमा उम्मेदवारी दिन निषेध गरिनुपर्छ ।
- प्रवासी नेपालीलाई राजनैतिक गतिविधिमा सहभागी हुन अधिकार दिइनु हुँदैन ।
- सामाजिक र आर्थिक गतिविधिमा सहभागी गराउन निर्वाचनमा देशको आर्थिक तथा सामाजिक निकासमा सहयोग गर्न सक्ने उम्मेदवार छान्नका लागि मताधिकार प्रयोग गर्न दिनुपर्छ ।
१६. उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
- औद्योगिक क्रान्तिले साम्राज्यवादलाई प्रोत्साहन गर्यो । उद्योगधन्दाको विकास युरोपीय देशहरूमा भएको थियो । यसको सुरुवात बेलायतबाट भयो । सुती कपडाबाट सुरु भई अन्य उद्योगहरूको पनि स्थापना हुँदै गयो । युरोपमा कपास फल्दैन । उद्योगका लागि निरन्तर कपासको आवश्यकता थियो । भारत तथा अफ्रिकी देशहरूबाट कपास ल्याउनुपर्थ्यो । उद्योगहरूलाई उत्पादन बेच्ने समस्या आयो । यसका लागि बजारको आवश्यकता पर्यो । यसैले युरोपका देशहरूले अब कम विकसित देशहरूमाथि आँखा लगाउन थाले । बेलायतले सबैभन्दा पहिले अफ्रिकामा उपनिवेश स्थापना गर्यो। यसपछि अन्य देशहरू पनि आए । जति धेरै उपनिवेश उति बढी मात्रामा कोरा मालको प्राप्ति र उत्पादित वस्तु बेच्न बजारको सुविधा हुने । यी प्रमुख कारणले गर्दा उपनिवेश स्थापनाको सुरुआत भयो । बेलायतले एसिया, अफ्रिका तथा अमेरिकी महादेशमा साम्राज्य स्थापना गर्यो । फ्रान्स, पोचुर्गल, डच आदि देशहरू पनि यसका पछि लागे । उपनिवेशको प्राकृतिक सम्पदाको उपयोग गरी आफ्नो देशका उद्योग चल्ने भए । देशका जनतालाई रोजगारीको अवसर प्राप्त भयो। यसबाट आर्थिक लाभ प्राप्त भयो । उपनिवेशबाट सस्तोमा श्रम शक्तिको प्राप्ति भयो । उपनिवेशहरूबाट सस्तो मजदुरहरूको प्राप्तिले उद्योग चलाउन कठिनाई भएन । औद्योगिक क्रान्तिले युरोपीय देशहरूलाई सम्पन्न बन्न ठूलो मद्दत मिल्यो ।
१७. देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारीसम्बन्धी तिन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुर्याउँछ ?
- आर्थिक विकासका लागि सार्वजनिक, निजी तथा सहकारी तीनै क्षेत्रको आवश्यकता पर्छ । नेपालले पनि यही तीन खम्बे नीति अङ्गालेको छ । देशका लागि आवश्यक सेवा र वस्तु तथा मानिसका लागि आवश्यक सेवा र वस्तु केहीमा समानता भएपनि केहीमा असमानता पनि हुन्छ । सरकारले आफ्नो नागरिकलाई सकेसम्म सेवा प्रदान गरी जीवनस्तर उकास्ने प्रयास गर्छ । मानिसको सोचमा सकारात्मक परिवर्तन आउँछ । यसकारण राज्यले सकेसम्म आर्थिक विकासका लागि योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्छ । सरकारले यस्ता योजना कार्यान्वयन गर्न जनता माथि कर लगाई राजस्व सङ्कलन गर्छ । सरकारले कर लगाउँदा जनताको आर्थिक स्थिति तथा कर आउने स्रोतहरू बारेमा सोच्नुपर्छ । यसकारण सरकारले सबै आवश्यक वस्तु र सेवाको क्षेत्रमा लगानी गर्न सक्दैन । अति आवश्यक तर लगानी बढी चाहिने भए सरकारले यस्ता आयोजना पूरा गर्न योजना तर्जुमा गर्छ । सरकारले सबै आवश्यक वस्तु र सेवाको उत्पादनमा लगानी गर्न सक्दैन । यस्ता क्षेत्रहरूमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरिन्छ । व्यापार व्यवसायमा पनि निजी क्षेत्रले रोजगारी दिएर आर्थिक विकासमा सघाएको छ । निजी र सार्वजनिक लगानी नपुगेको ठाउँमा सहकारीले पनि सहयोग गर्न सक्छ । समुदायका मानिसहरू मिली सरकारी ऐन अन्तर्गत रही सहकारी संस्था स्थापना गर्न सक्छन् । यस्ता सहकारीले ग्रामीण समुदायमा कृषिलाई आवश्यक वस्तु, खाद्यान्न, दैनिक उपभोगका वस्तु आदि उपलब्ध गराउन सक्छ । निजी क्षेत्रले यातायातको साधन ल्याउँछ र आवागमन सहज बनाउँछ । सहकारीले किसानलाई कृषिलाई आवश्यक वस्तु उपलब्ध गराउँछ तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग गर्छ ।
१८. वर्तमान नेपालको संविधानको राजनैतिक विशेषताहरू पाँच वटा बुंदामा लेख्नुहोस् ।
- वर्तमान नेपालको संविधानको राजनैतिक विशेषताहरू:
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था,
- तीन तहमा राज्यशक्तिको वाँडफाँड भएको (केन्द्र, प्रदेश र स्थानीय तह),
- राष्ट्रपति र उपराष्ट्रपति रहने गणतान्त्रिक व्यवस्था,
- कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था,
- बहुदलीय प्रतिस्पर्धा र वालिग मताधिकारको प्रत्याभूति,
- राजनैतिक दलसम्बन्धी व्यवस्था,
१९. ग्रामीण र सहरी बस्तीको बिचमा रहेको पाँच वटा भिन्नताहरू तालिकामा देखाउनुहोस् ।
ग्रामीण बस्ती | सहरी बस्ती |
|
|
अथवा
‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
- हाम्रो जीवनशैलीलाई स्वस्थ राख्न खानपानको पनि ठूलो महत्त्व हुन्छ । शरीर र मनलाई स्वस्थ राख्न हामीलाई सन्तुलित खाना चाहिन्छ । खानाको उद्देश्य नै शरीरलाई स्वस्थ राख्नु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु, शरीरलाई विभिन्न तत्त्वको कमीले हुने रोगबाट बचाउनु, शरीरलाई बल र ऊर्जा प्रदान गर्नु हो । खाना छनौट गर्दा खानाको प्रकृति, मनको इच्छा र शरीरको अवस्थालाई ख्याल राख्नुपर्छ । हाम्रो खानामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन खनिज र पानी हुनुपर्छ । स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । स्वस्थ खानेकुरामा फलफूल, दूध, दही , तरकारी, गेडागुडी र खाद्यान्न समावेश हुनुपर्छ। प्रशोधन गरिएका खाना, मिठा पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थ मिसाइने हुनाले शरीरलाई फाइदा गर्दैन । स्वस्थ खानाले शरीरलाई स्वस्थ राख्छ । यसकारण हामीले स्वस्थ खाना खानुपर्छ । साथै पानी पनि हामीलाई चाहिन्छ । खाना खान एक घण्टा पहिले पानी पिउने र खाना खाएको एक घण्टापछि पानी पिउनु पर्छ । पानीले हाम्रो पाचन प्रणालीलाई शुद्ध गर्दछ । खाना खुसी भएर खाने र चपाएर खानुपर्छ ।
समूह : "ग"
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् : (३x८=२४)
२०. तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ, के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
- व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्थालाई तनाव भनिन्छ । वातावरणमा आएको परिवर्तन, सहन नसकिने कुरा वा काम, धम्की आदिले मानिसमा देखिएको शारिरिक वा मानसिक परिवर्तनको स्थितिलाई तनाव भनिन्छ । ध्यान दिन नसक्नु, निन्द्रा नलाग्नु, थकित अनुभव हुनु, रिस उठ्न खोज्नु, अरुप्रति विरोधी भावना उत्पन्न हुनु, मनमा शान्ति नहुनु आदि तनावका लक्षणहरु हुन् । तनाव विभिन्न कारणहरुबाट सृजना हुन सक्छ । बढी कामको बोझ, होहल्ला, भीड, बिरामी, दुर्घटना, हानिनोक्सानी आदि कारणहरुले सम्बन्धित व्यक्तिमा तनाव उत्पन्न हुन सक्छ । तनाव हुनु ठूलो कुरा होइन, तर निराकरण गर्नु ठूलो कुरा हो । व्यक्ति व्यक्तिमा तनाव सृजना हुने फरक फरक कारण हुन सक्छन् । त्यसरी नै तनाव व्यवस्थापन गर्ने तरिका पनि व्यक्ति अनुसार फरक हुन सक्छ । तनाव व्यवस्थापन गर्न पहिले तनावका कारक तत्त्वहरू पहिचान गरी ती कारक तत्त्वहरू निराकरण गर्ने उपाय पहिल्याउनु पर्छ । व्यक्तिको मानसिक र शारीरिक अवस्थालाई सन्तुलित बनाउने उपाय गर्नुपर्छ । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य एक अर्कासँग सम्बन्धित हुन्छन् । मनमा आघात परे सोको प्रभाव शरीरमा पनि देखापर्छ । शरीरमा आघात परे मनमा पनि प्रभाव परेको अनुभव गर्न सकिन्छ । विरामी भएको व्यक्तिको मनोदशा स्वस्थ व्यक्ति मनोदशाभन्दा भिन्न हुन्छ । समयतालिका बनाई काम गर्ने, योग र ध्यान र सहभागी हुने, अरु साथीभाइ तथा परिवारका मानिसहरूसँग घुलमिल गर्ने, सन्तुलित खानपान, व्यायाम आदिबाट स्वस्थ जीवनशैली अनुसरण गर्ने, जीवन निर्वाहका लागि पेशागत दक्षता हासिल गर्ने पेशा अवलम्बन सगर्ने, मिलनसार बनी काम गरेमा बढि मात्रामा तनाव व्यवस्थापन गर्न सकिन्छ । उपाय भन्न र सूचीबद्ध गर्न सजिलो छ, यसलाई अवलम्बन गर्न कठिनाई पर्न सक्छ । आर्थिक, पारिवारिक, सामाजिक, मनोविज्ञानिक, शारीरिक आदि तत्वहरुले अवरोध उत्पन्न हुन सक्छ । यसैले तनाव व्यवस्थापन कार्यलाई बढी महत्त्वपूर्ण भनिएको हो ।
२१. औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
- औद्योगिक समाजको विकास युरोपमा औद्योगिक क्रान्तिपश्चात् भएको हो । यो समाज पनि ठूलो परिमाणमा उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ । जीवाश्म इन्धनको प्रयोग गरी चल्ने मेशिन र ऑजारको सहायताले वृहत मात्रामा उत्पादन गरी बजारीकरण गर्नु हो । यस समाजले मानव श्रमलाई विस्थापित गर्दै यान्त्रिक श्रमको उपयोग बढाउँदै लैजान्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकास हुन्छ । औद्योगिक समाजलाई सहरहरूको विकास अनुकूल हुन्छ । किनकि बढि उत्पादित वस्तु खपतका लागि बढी जनसङ्ख्या चाहिन्छ । सहरहरुमा जनसङ्ख्या तीव्र रूपमा वृद्धि हुन्छ । उत्पादनको मात्रा बढाउनका लागि स्वचालित यन्त्रको प्रयोग पनि गरिन्छ । कृषिमा पनि ठूला ठूला यन्त्रहरुको प्रयोग, रासायनिक मल आदिको प्रयोगले कृषि उत्पादनमा वृद्धि गरिन्छ । कृषिलाई यान्त्रिकिकरण गरी उत्पादन वृद्धि गरिन्छ ।
पुँजीवादी समाजको विकास औद्योगिक समाजको विकाससँगै भएको देखिन्छ । पुँजीवादी समाजमा पनि बढी मात्रामा उत्पादनका लागि मानवीय श्रमलाई मेशिन औजारमा विस्थापित गरिन्छ । जीवाश्म इन्धनबाट चल्ने मेशिन औजारको तीव्र विकासले मानव श्रमलाई कटौती गर्दैछ । पुँजीवादी समाजमा खुला बजार प्रतिस्पर्धामा उत्पादित वस्तुको बजारीकरण गरिन्छ र सेवा क्षेत्रको विस्तार गरिन्छ । यो समाजमा निजी सम्पत्तिको महत्त्व बढी हुन्छ । आर्थिक व्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकासमा ठूलो टेवा पुग्छ । जति बढी खपत भयो, त्यति बढी उत्पादन गरिन्छ । जति बढी उत्पादन गर्न सक्यो, त्यति बढी लगानीको अवसर प्राप्त हुन्छ । जति बढी लगानी त्यति बढि नै मुनाफा हुन्छ ।
औद्योगिक समाज र पुँजीवादी समाज बढी उत्पादन गर्ने कार्यसँग सम्बन्धित छन् । यी दुवै समाज मानवीय श्रमलाई मेशिन औजारको प्रयोगबाट कटौती गर्छन् । यी दुवै समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यी दुवै समाज खुला बजार प्रतिस्पर्धामा विकास गर्छन् । यी दुवै समाजको विकासमा सहरीकरणले टेवा दिन्छ । यी दुवै समाजको आर्थिक अर्थव्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । औद्योगिक समाजले उत्पादनको मात्रा बढाउँछ । बढी उत्पादनले बढी नाफा कमाउँछ । बढी नाफाले पुँजीपति समाजको विकास हुन्छ । पुँजीपतिहरुले लगानी वृद्धि गरी अझ उद्योगहरूको विकास गर्छन् । यसबाट औद्योगिक समाजको विकास हुन्छ । यसरी औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् ।
अथवा
नेपालको आर्थिक विकासमा संविधानको कस्तो भूमिका रहेको छ ? आफ्नो बिचार लेख्नुहोस ।
- संविधानमा आर्थिक विकासका लागि केही प्रावधानहरू राखिएको छ । संविधानमा नै रोजगारीको हकलाई मौलिक हकको रूपमा राखिएको छ । यसबाट भविष्यमा देशबाट बेरोजगारी अन्त्य हुने आशा राख्न सकिन्छ । देशको आर्थिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने निकाय सरकार हो । सरकारले विकासका कार्य गरी जनतालाई रोजगार दिन्छ । विकास निर्माणका कामबाट देशमा व्यवसाय बढ्छ । आर्थिक गतिविधिमा संलग्न हुन सक्ने क्षेत्रहरू सरकारी, निजी र सहकारी हुन । संविधानमा यी तिनै अङ्गले आर्थिक गतिविधिमा सहभागी हुन सक्ने प्रावधान संविधानमा छ । जनतालाई अत्यावश्यक सेवा सुविधा प्रदान गर्न सेवामूलक संस्थान वा गतिविधि सरकारले गर्छ । यस्ता गतिविधिको उद्देश्य नाफामूलक नभई सेवामूलक हुन्छ । यस्ता सेवामूलक कार्यले देशमा उद्योग व्यवसाय वृद्धि गर्न सहयोग गर्छ साथै नागरिकहरूलाई रोजगारी उपलब्ध गराउँछ । यस्ता कार्यका लागि राजश्वबाट गरिने खर्चको दुरुपयोग नहोस् भन्नका लागि महालेखा परीक्षकको व्यवस्था गरिएको छ। महालेखा परीक्षकबाट सबै सरकारी संस्थान वा सरकारी निकायहरूबाट गरिने खर्चको लेखा परीक्षण गरिन्छ । यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार, प्रशासन आदि कार्य सरकारकै मातहतमा रहन्छ । आर्थिक विकासमा कृषि, उद्योग, व्यवसाय, व्यापार आदिको पनि सहभागिता हुन्छ । संविधानमा निजी क्षेत्रले यस्ता क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिमा संलग्न हुन सक्छन् । कृषिको विकास भए देश खाद्यान्नमा आत्मनिर्भर हुन्छ । आयात घटे देशको मुद्रा संचिति बढ्छ । कृषि उत्पादनले उद्योगको तथा व्यवसायको विकासमा पनि सहयोग पुयाउँछ । जनता र सरकारको सहभागिता वा जनता जनताको सहभागिताबाट सिर्जित सहकारीबाट पनि आर्थिक विकासमा टेवा पुग्छ । जनता जनता मिलेर स्थापित गरेका सहकारी संस्थाले गाउँघरमा सहर बजारमा कृषि तथा रोजगार व्यवसायको विकासमा ठूलो सहयोग गरेको छ । गाउँघर तथा सहरबजारमा प्रशस्त सहकारी संस्थाहरूले रोजगारीको विकासमा सहयोग गर्दै आएका छन् । देशको राजश्व उठाउन तथा खर्च गर्न सरकारले प्रत्येक वर्ष संसदमा वार्षिक बजेट पारित गराउनुपर्छ । यसरी संसदको स्वीकृति विना सरकारले कर उठाउन वा करबाट उठेको रकम खर्च गर्न पाउँदैन । वार्षिक बजेटमा सरकारबाट देशमा विकास निर्माणका कार्यहरूको विवरण पनि समावेश गरेको हुन्छ । बजेट वहसका समयमा जनताले पनि विकास निर्माणका काममा सुझाव दिन सक्छ । सांसदहरूले आफ्नो सुझावहरूबाट आर्थिक विकासलाई अझ टेवा दिन सक्छन् ।
२२. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मद्दत गर्दछ ? पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा ऊर्जा प्रदान गर्दछ भनी उदाहरणसहित पुष्टि गर्नुहोस् ।
- खेलकुद फुर्सदको समयलाई व्यवस्थापन गर्ने महत्त्वपूर्ण तरिका हो । खेलकुदबाट दिमागी विकासका साथसाथै धैर्य गर्न सक्ने, सङ्कल्पित हुने तथा खेलमा उदारता दर्साउने जस्ता सिपहरूको पनि विकास हुने गर्दछ । शारीरिक खेलकुदद्वारा शरीरमा सन्तुलन, तागत, शारीरिक समन्वयता तथा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता बढाउन मदत गर्दछ । त्यस्तै गरी मानसिक खेलद्वारा काम गर्ने गति, योजना बनाउने क्षमता, प्रतिक्रिया दिने समय, निर्णय गर्ने क्षमता र स्मरण शक्तिको विकास हुने गर्दछ । खेलकुदबाट निम्नानुसारका फाइदा लिन सकिन्छ ।
- तनाव हटाउन : खेल खेल्दा खेलमै ध्यानकेन्द्रित हुने हुँदा तनाव नहुने र मन पर्ने खेलले चिन्तामुक्त समेत गराउँछ । खेलले वर्तमानमा जिउने कला सिकाउँछ ।
- समय व्यवस्थापन गर्न : फुर्सदको समयको सदुपयोग गर्न यसले मदत गर्दछ।
- तन्दुरुस्ती कायम गर्न : यसले शरीरलाई लचिलो फुर्तिलो र स्वस्थ एवम् तन्दुरुस्त राख्न मदत गर्दछ।
- सामाजिकीकरणका सिप विकास गर्न : समूहमा खेलिने खेलहरूले साथीहरूबिच सहयोग मेलमिलाप नेतृत्व विकास सहकार्य जस्ता सामाजिकीकरणका सिपहरू हासिल हुन्छन् ।
- अनावश्यक कुरामा ध्यान जानबाट रोक्न : खेलकुदमा व्यस्तता रहने र समयको सदुपयोग हुने
आराम मानिसको जीवनको अपरिहार्य क्षण हो । आरामबिना मानवजीवन सम्भव छैन । प्रकृतिले हरेक जीवलाई आरामको समय निर्धारण गरेको हुन्छ । सामान्य अवस्थामा मानिसले रातीको समयमा आराम गर्दछ तर काम र तनावको प्रकृतिको अवस्थाअनुसार दिवा समयमा पनि मानिसलाई आरामको जरुरत पर्दछ। आरामले कार्य दक्षता र सिर्जनात्मक शक्ति बढाउन सहयोग गर्छ । आरामले मानिसलाई पुनर्ताजगी बनाउँछ र थप ऊर्जा प्रदान गर्छ । निद्राले हाम्रा दिमागी कोषिकाहरूको मर्मत गर्न र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ । मानिसले कति समय सुत्ने र आराम गर्ने भन्ने कुरा उसको शारीरिक अवस्था, उमेर र उसको दैनिकी जस्ता कुराहरूमा भर पर्दछ । सुत्दा तनावविहीन भई गहिरो निद्रा सुत्नु स्वास्थ्यका लागि लाभकर मानिन्छ । सामान्यतया वयस्क व्यक्तिका लागि ५ देखि ७ घण्टासम्मको सुताइ राम्रो मानिन्छ । बेलुका चाँडै सुत्ने बिहान चाँडै उठ्ने बानी राम्रो मानिन्छ ।
THANK YOU
Thank you so much and q no 22 is from which lesson ?
ReplyDelete