Class 10 Nepali Model Question with Solution 2080, New Course, SEE Nepali Model Question with Answers New Syllabus

Class 10 Nepali Model Question with Solution 2080, New Course, SEE Nepali Model Question with Answers New Syllabus

Class 10 Nepali Model Question with Solution 2080, New Course, SEE Nepali Model Question with Answers New Syllabus


विषय : नेपाली

नमुना प्रश्न (उत्तरसहित)

कक्षा : १०

२०८०

पूर्णाङ्क : ७५                                                               समय : ३ घण्टा

 

१. समूह '' मा दिइएका शब्दको अर्थ समूह '' बाट पहिचान गरी जोडा

 

समूह ''          समूह ''

लबज                 प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष

व्यग्र                  खराब नतिजा

इख                   अनुकरण, हाउभाउ

आभा                 व्याकुल, विहवल

कुनै वस्तु आदिमा देखा पर्ने चमक

बोली

उत्तर :

समूह ''          मूह ''

लबज                 बोली

व्यग्र                  व्याकुल, विहवल

इख                   प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष

आभा                 कुनै वस्तु आदिमा देखा पर्ने चमक


२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : (२)

हामी बसोबास गर्दै आएको यस जगत्मा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिई परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन् । नदीले जल दिएर, वृक्षले फलफूल दिएर, सूर्यले ताप दिएर र चन्द्रमाले शीलता दिएर आफ्नो कर्तव्य पूरा गरेका छन् । यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान् कुरा हो भन्ने पुष्टि हुन्छ । अधिकारको मोलतोल त कमजोरको झुन्डमा मात्र हुन्छ ।

उत्तर:

(क) 'संसार' को पर्यायवाची शब्द …….. हो ।

Ø जगत्

(ख) 'तुच्छ' को विपरीतार्थी शब्द …….. हो ।

Ø महान्

(ग) व्यक्ति वा वस्तुको जमात' बुझाउने शब्द ………. हो ।

Ø झुन्ड

(घ) अनेकार्थी शब्द ………. हो ।

Ø ताप

 

३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : (२)

गङ्गाधर आँखामा राखे पनि नबिझाउने खालका मानिस थिए । उनी आफू भलो त जगत् भलो भन्ने सोच राख्ने मानिस थिए । गाउँमा कसैले अन्याय गर्यो भने वरिपरि दश गाउँका दुनियाँ उनैको ढोकामा फिराद गर्न आइपुग्थे । उनको शासनकालमा कसैले कसैलाई सताउन पाएन ।

उत्तर :

उखान

आफू भलो त जगत् भलो: गाउँमा पैसाको अप्ठ्यारो पर्दा बुवाले देखाएको सहयोग अहिले बुवालाई गार्हो पर्दा गाउँलेहरु सबै मिलेर सहयोग गर्दा आफू भलो त जगत् भलो भनेको यही हो । 

पारिभाषिक शब्द

अन्याय: आफू काम गर्ने कार्यलयबाट अन्यायमा परेको रामले गुनासो गरेको छ ।

 

४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(क) (अ) सीतोष्ण (आ) शीतोश्ण (इ) शीतोष्ण () ई) शीतोस्ण

Ø (इ) शीतोष्ण

(ख) (अ) बुलबुल (आ) बुलवुल  (इ) वुलबुल () वुलवुल

Ø (आ) बुलबुल

 

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२)

प्राचिन ऋषिमुनिले अनेकौं सभ्यता संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योती संसार भर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित पारे ।

उत्तर: प्राचीन ऋषिमुनिले अनेकौं सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित पारे ।


५. दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान

बिहान नास्ता गरेर म कार्यालय निस्कन्थेँ । पकाउने काम पूर्णतया आमाका भागमा परेको थियो । म कार्यालयबाट फर्कंदा साँझ अबेर हुन्थ्यो । शरद् र शिशिरका छोटा दिनमा त रात नै पर्थ्यो ।

उत्तर :

शब्द

शब्दवर्ग

निस्कन्थेँ

कार्यालयबाट

छोटा

रात

सर्वनाम

क्रियापद

क्रियाविशेषण / क्रियायोगी

संयोजक

विशेषण

 

६. दिइएका प्रश्नको उत्तर दिनुहोस्: (२+२=४)

(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान हुँदै आएको छ । यसलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । त्यहाँ उपचार गर्न गाउँले र सहरिया मानिस आउँछन् ।

उत्तर: उपसर्ग लागेका शब्द

        अनुसन्धान: अनु + सन्धान

उद्देश्य: उत् + देश्य

प्रत्यय लागेका शब्द:

शैक्षिक: शिक्षा + इक

सहरिया: सहर + इया

 

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

हामी सबै दाजु र भाइ, दिदी र बहिनी तथा आमाबुबा मिलेर आआफ्ना घर तथा करेसाबारीको राम्रोसँग सरसफाइ गरेनौँ भने घरमा लामखुट्टे लाग्न सक्छ । लामखुट्टेको टोकाइबाट विभिन्न रोग लाग्न सक्छन् । यसको टोकाइबाट बच्न घरभित्र र घरबाहिर पानी जम्न दिनु हुँदैन । झ्याल र ढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने तथा लामा लामा बाहुला भएका कपडा लगाउने हो भने लामखुट्टेको टोकाइबाट केही मात्रामा बच्न सकिन्छ ।

उत्तर: समस्त शब्द

लामखुट्टे: लामा खट्टा छन् जसका

 

विग्रहित अवस्थाको शब्द:

झ्याल र ढोका: झ्यालढोका

 

द्वित्व भएर बनेका शब्द :

आआफ्नो : आफ्नो + आफ्नो


Read More:- https://www.subashkc28.com.np/2023/07/see-class-10-compulsory-english-new.html

 

७. दिइएको अनुच्छेदलाई अपूर्ण भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : (२)

विनोद सबेरै उठ्छन् । उनी आफ्नो नित्यकर्म सकेर केहीबेर पत्रपत्रिका पढ्छन् । उनी मालाई भान्छाको काममा सघाउँछन् । उनी खाना खाएर समयमै विद्यालय जान्छन् ।

उत्तर: विनोद सबेरै उठ्दै हुने छन् । उनी आफ्नो नित्यकर्म सकेर केहीबेर पत्रपत्रिका पढ्दै हुने छन् । उनी आमालाई भान्छाको काममा सघाउँदै हुने छन् । उनी खाना खाएर समयमै विद्यालय जाँदै हुने छन् ।

 

. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)

(ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

म विद्यार्थी हुँ । मेरा धेरै साथी छन् । हामी विद्यालयमा विभिन्न विषय अध्ययन गछौं । मलाई सामान्य ज्ञानतर्फ विशेष रुचि छ ।

उत्तर: ऊ विद्यार्थी हो । उसका धेरै साथी छन् । उनीहरू विद्यालयमा विभिन्न विषय अध्ययन गर्छन् । उसलाई सामान्य ज्ञानतर्फ विशेष रुचि छ ।

 

९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

 

(क) दुई दिन घुमेपछि म घर फर्कन्छु । (वाक्य विश्लेषण)

  •   म दुई दिन घुम्छु । म घर फर्कन्छु ।

(ख) आफू त देशका डाँडाकाँडा घुमिन्छ । (कर्तृवाच्य)

  • म त देशका डाँडाकाँडा घुम्छु ।

 (ग) तिमी कथा पढ्दै छौ । (प्रेरणार्थक)

  • शिक्षक तिमीलाई कथा पढाउँदै हुनुहुन्छ ।

(घ) सबैले असल काम गर्नुपर्छ भनी गुरुले भन्नुभयो । (प्रत्यक्ष कथन)

  • गुरुले भन्नुभयो, “सबैले असल काम गर्नुपर्छ ।”

 

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :(४)

एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर रिटायर्ड डाक्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशबाहिर भासिएका । फराकिलो कम्पाउन्ड र बगैँचा । साढे दुईतले घर । ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैँचामा चल्ने मिहिनेती हातहरूको खाँचो थियो । भान्छामा बाथरुममा, लनमा, कौसीमा जताततै चल्ने छरिता पैतालाहरूको आवश्यकता थियो । समग्रमा इमानदारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । उनीहरू शन्तमायाको बायोडाटा हेरेर खुसी भए ।

 

प्रश्नहरू:

(क) 'एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।

  • एक हप्तापछि शन्तमायाले काम गर्न थालिनन् ।

(ख) रेखाङ्कित 'कौसीमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।

  • 'कौसीमा' : अधिकरण कारक र सप्तमी विभक्ति

(ग) ‘उनीहरू शन्तमायाको बायोडाटा हेरेर खुसी भए ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।

  • उनीहरूले शन्तमायाको बायोडाटा हेरे अनि खुसी भए ।

(घ) 'उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

Ø                         उद्देश्य: उनीहरूले

विधेय: दिएका थिए

 

११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

बालबालिका शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने हुँदा उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्छ । उनीहरूलाई संरक्षण र बाँच्नका लागि चाहिने आधारभूत कुराको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा पुऱ्याउनुपर्छ । यसका साथै खेल, मनोरञ्जन र आराम गर्न पनि दिनुपर्छ । उनीहरूलाई माया स्नेह दिनुपर्छ अनि हेला दुर्व्यवहार र शोषणबाट जोगाउनुपर्छ । शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बाल्यकाल बिताउन पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । बालअधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनबाट संरक्षण प्रदान गर्दै तिनको बालापन सुनिश्चित गर्नु हो । बालबालिका स्वयम्‌ले आफ्ना अधिकार लिन नसक्ने हुँदा उनीहरूको अधिकार संरक्षण गर्नु वयस्कहरूको दायित्व हो । सङ्क्षेपमा भन्नुपर्दा बालअधिकार भनेको बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकासको अधिकार र आफ्ना बारेमा गरिने नीति निर्माण तथा सामाजिक गतिविधिमा सहभागी हुन पाउने अधिकारको समष्टिगत रूप हो । सोहीअनुसार बालअधिकारसम्बन्धी महासन्धि राष्ट्र राष्ट्रबिचको एक सम्झौतापत्र पनि हो ।

प्रश्नहरू:

(क) बालबालिकालाई किन विशेष सुविधा आवश्यक पर्छ ।

  • शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने हुँदा बालबालिकाहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्छ ।

(ख) बालअधिकार भनेको के हो ?

  • बालअधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनबाट संरक्षण प्रदान गर्दै तिनको बालापन सुनिश्चित गर्नु बालअधिकार हो ।

(ग) बालबालिकाका नैसर्गिक अधिकार के के हुन् ?

  • शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बाल्यकाल बिताउन पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हुन् ।

(घ) बालअधिकारको संरक्षण कसरी गर्न सकिन्छ ?

  • संरक्षण र बाँच्नका लागि चाहिने आधारभूत कुराको व्यवस्था, शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा, खेल, मनोरञ्जन र आराम गर्न दिएर बालअधिकारको संरक्षण कसरी गर्न सकिन्छ ।

 

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ( ४ )

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस्:

नाम: तारादेवी श्रेष्ठ

जन्म : वि.सं. २००२ माघ २

जन्मस्थान : इन्द्रचोक, काठमाडौं

मातापिता: राधा कार्की र कृष्णबहादुर कार्की

शिक्षा: इलाहावादबाट सङ्गीतमा विसारद प्राप्त गरेकी सङ्गीतकार भैरवबहादुर थापाको सङ्गीतमा 'तिम्रो एक नजरको सिकार हुँ' गीत गाएर गायन यात्रा सुरु गरेकी रेडियो नेपालमा गायिकाका रूपमा लामो समय काम गरेकी थुप्रै कर्णप्रिय गीत गाएर नेपालीका मनमा बस्न सफल भएकी राष्ट्रिय गौरव र जातीय स्वाभिमान बढाउने खालका गीत गाएकी

- कालजयी गीत गाएका कारण जीवन सार्थक र अमर तुल्याएकी

- छिन्नलता पुरस्कार, जगदम्बाश्री पुरस्कारबाट सम्मानित

- वि.सं. २०६२ माघ ८ गते काठमाडौँमा निधन

 

जीवनी:

गायिका तारादेवी श्रेष्ठ

प्रसिद्ध नेपाली गायिका तारादेवी श्रेष्ठको जन्म वि.सं. २००२ माघ २ मा काठमाडौंको इन्द्रचोकमा भएको थियो । उनी राधा कार्की र कृष्णबहादुर कार्कीकी प्यारी छोरी थिइन्, जसले उनको संगीतप्रतिको प्रारम्भिक लगावलाई हुर्काएकी थिइन् ।

तारादेवीको सांगीतिक यात्रा तब सुरु भयो जब उनले इलाहाबादबाट संगीतमा डिग्री लिएकी थिइन् । यही अवधिमा उनले प्रतिष्ठित संगीतकार भैरवबहादुर थापासँग सहकार्य गर्ने अवसर पाएकी थिइन् । यस सहकार्यले उनको पहिलो गीत, "तिम्रो एक नजरको सिकार हुँ" को निर्माण गर्न नेतृत्व गर्यो, जसले उनको गायन करियरको सुरुवात गर्यो । गीतले नेपाली श्रोताको मन छोयो र उनको अगाडिको उत्कृष्ट बाटोको जग बसाल्यो ।

उनको सुमधुर स्वर र असाधारण गायन प्रतिभाले उनलाई रेडियो नेपालमा गायिकाको रूपमा सम्मानित स्थान दिलायो, ​​जहाँ उनले आफ्नो जीवनको महत्वपूर्ण भाग समर्पण गरिन् । वर्षौंको दौडान, तारादेवीले आफ्ना भावपूर्ण प्रस्तुतिहरूद्वारा श्रोताहरूलाई मंत्रमुग्ध गरिन्, हृदयस्पर्शी र मधुर गीतहरूको प्रशस्तता प्रस्तुत गर्दै संगीतमा उनको समर्पणले उनको जीवनलाई अर्थपूर्ण बनायो, र उनका गीतहरूले उनलाई आफ्ना प्रशंसकहरूको हृदयमा अमर बनायो ।

नेपाली संगीतमा उनको असाधारण योगदानको कदर गर्दै तारादेवीलाई प्रतिष्ठित छिन्नलता पुरस्कार र जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको थियो । यी प्रशंसाहरूले उनको पराक्रमलाई मनायो र नेपाली संगीत उद्योगमा उनको नाम अमर बनायो । तर, वि.सं. २०६२ माघ ८ गते तारादेवी श्रेष्ठले काठमाडौंमा यस नश्वर संसारलाई बिदाइ गर्दा दुःखद घटना घट्यो । उनको असामयिक निधनले नेपाली संगीत समुदायलाई शोकमा डुबेको छ, एक अतुलनीय प्रतिभा र मायालु आत्मा गुमाएको छ।

उनको अनुपस्थितिमा पनि तारादेवीको सुमधुर स्वरले लाखौंको मनलाई प्रेरणा दिने र छुने गीतहरूद्वारा अनन्तसम्म गुन्जिरहेको छ । उनको विरासत जीवनमा अर्थ र आनन्द ल्याउनको लागि संगीतको शक्तिको प्रमाण बनेको छ, यो सुनिश्चित गर्दै कि उनी सधैं नेपालको सबैभन्दा ठूलो गायन संवेदना मध्ये एकको रूपमा सम्झिनेछन् ।

तारादेवी श्रेष्ठ, शान्त रहनुहोस् ! तपाईंको धुनहरू सधैं हाम्रो हृदयमा रहनेछन् ।

 

१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) सार्वजनिक स्थलमा थुप्रिएको फोहोर समयमै व्यवस्थापन गर्न अनुरोध गर्दै आफ्नो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।

 

मिति : २०८०-०४-१२

श्री वडाध्यक्षज्यू,

वडा नं ६  को कार्यालय,

गुलरीया  नगरपालिका, बर्दिया 

महोदय,

विषय : फोहोरमैला व्यवस्थापन सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा गुलरीया नगरपालिका वडा नं ६ राधाकृष्ण चोकमा बिगत १/२ महिना देखि फोहर थुप्रिइरहेको छ। लामो समयसम्म फोहोर  नउठ्दा चोकमा दुर्गन्ध फैलिएको छ । कुकुर र कागले त्यो फोहोर झनै यताउता छरिदिएका छन् । मुख्य बजार क्षेत्रमै यसरी फोहोर थुनिँदै जाने हो भने बजारको सौन्दर्य त बिग्रन्छ नै यसबाट यस क्षेत्रका मानिसहरुमा झाडापखाला, ज्वरो, टाइफाइड जस्ता रोगहरु पनि फैलन सक्छ । यो चोक भएर उताउता हिँड्ने मान्छे पनि दुर्गन्धले नाक छोपेर हिँड्नुपरेको छ । फोहोर उठाउने जिम्मा लिएको कम्पनीबाट पनि फोहोर लिन गाडी आएको छैन । यही अवस्था अझ रही रहने हो भने यस क्षेत्रमा महामारी नफैलला भन्न सकिन्न । त्यसैले यस क्षेत्रको सौन्दर्य अझ बिग्रन नदिन र मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न नदिन वडाबाट छिटोभन्दा छिटो फोहोर व्यवस्थापनको पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

निवेदक

आरुष थापा

गुलरीया  , बर्दिया 

१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : (२)

नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकअर्काले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यसैले कर्तव्यपालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ ।

बुँदा  टिपोट:

  • नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुने,
  • समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुने,
  • सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको,
  • कर्तव्यपालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट रहेको  

 

१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : (३)

परापूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको शिक्षाले सुन्दर यात्रा गरेकै छ। नेपाली माटामा सुन फलाउन यसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफूमा परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गरेकै छ। नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अझैँ लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्वबजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ ।

 

एक तृतीयांशमा सारांश

मेरो देशको शिक्षा प्रणालीले प्राचीन ज्ञानको भण्डारलाई जोगाउँदै आधुनिक विज्ञानलाई अंगालेको छ । यसले आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्ने र कृषि शिक्षामा लगानीलाई जोड दिने लक्ष्य राखेको छ । विद्यार्थीहरूलाई उनीहरूको उत्पादनहरू विश्वव्यापी रूपमा प्रदर्शन गर्न सक्षम बनाउन जरुरी छ ।

अनुच्छेदमा दिएको शब्द सङ्ख्या: ९२

सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: ३१

सारांशमा भएको शब्द सङ्ख्या: ३

 

१६. दिइएका प्रश्नको उत्तर दिनुहोस् : (४+४ = ८)

(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

पहाड़ भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ

तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथे

के छ र गाह्रो होस्टेमा हैँसे सबैले मिलाए

सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

प्रश्नहरू:

(अ) हामी कसरी देश विकास गर्न सक्छौं ?

  • Ø शिक्षा, पूर्वाधार र दिगो विकासमा लगानी गरेर हामीले आर्थिक वृद्धि र समृद्धिलाई बढावा दिएर देश विकास गर्न सक्छौं ।

(आ) माथिको कवितांशको मूल भाव लेख्नुहोस् ।

  • Ø दिइएको कवितांश मुकुन्दशरण उपाध्याद्वारा लिखित नेपाली हाम्रो श्रम र सिप  शिर्षकको कविता बाट साभार गरिएको हो । कविताले प्रत्येक क्षेत्रका आ-आफ्नै चुनौति र पुरस्कारहरू छन्, तर सबैले आफ्नो देशको विकासका लागि आफ्नो प्रयास र क्षमताको योगदान दिनुपर्छ र सबै मिलेर आफ्नो देशमा श्रम र सिप गरे आफ्नै देशमा प्रगति गर्न सकिने यस कविताको मूल भाव हो ।

(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

लक्ष्मीप्रसाद देवकोटा ३४ वर्षको उमेरमा नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिरे अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा, निबन्ध रचना गरे । देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते, उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई वनारसतर्फ प्रबासिए । त्यहाँबाट निस्कने युगवाणी पत्रिकामार्फत निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके ।

प्रश्नहरू:

(अ) देवकोटाको जागिरे अवधिलाई किन स्वर्णकाल भनिएको हो ?

Ø लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे थिए । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा, निबन्ध रचना गरे राणाहरूको निरङ्कुशताको विरुद्दमा उनी निडर रहेर आवाज उठाउन थाले । यसरी उनको यो समय अवधिलाई स्वर्णकाल भनिएको हो ।

(आ) निरङ्कुशता विरुद्धको आन्दोलनलाई देवकोटाले कसरी सहयोग गरे ?

Ø देवकोटा प्रजातन्त्रप्रेमी र मानवतावादी व्यक्ति थिए । मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएका थिए । उनी वनारस गएर युगवाणी पत्रिकामार्फत् निरङ्कुशताविरुद्ध विद्रोहको वाणी फुके । निरङ्कुशताविरुद्धको आन्दोलनमा सबैलाई एकत्रित गरे। यसरी देवकोटाले कलमका माध्यमबाट निरङ्कुशताविरुद्धको आन्दोलनलाई सहयोग गरे ।

 

१७. नेपालमा आयुर्वेद चिकित्सा पद्धतिलाई व्यवस्थित एवम् लोकप्रिय बनाउन के के गर्नुपर्ला ? तर्क दिनुहोस् । (४)

उत्तर : नेपालमा आयुर्वेद चिकित्सा प्रणालीलाई व्यवस्थित र लोकप्रिय बनाउन मुख्य चुनौतिहरूलाई सम्बोधन गर्ने र यसको अद्वितीय शक्तिहरूको लाभ उठाउने व्यापक दृष्टिकोण आवश्यक छ । सर्वप्रथम, सरकारले आयुर्वेदका लागि नियामक ढाँचा निर्माण गर्न, अभ्यासहरूको मानकीकरण सुनिश्चित गर्न र गुणस्तर नियन्त्रण उपायहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । एक आधिकारिक शासक निकाय स्थापना गरेर, तिनीहरूले आयुर्वेदिक चिकित्सकहरूको शिक्षा, प्रशिक्षण, र इजाजतपत्रको लागि दिशानिर्देशहरू सेट गर्न सक्छन्, यसरी प्रणालीको व्यवस्थित वृद्धि सुनिश्चित गर्न ।

आयुर्वेदको वैज्ञानिक आधारलाई अभिवृद्धि गर्न अनुसन्धान र विकासमा लगानी आवश्यक छ । आयुर्वेदिक विशेषज्ञहरू र आधुनिक चिकित्सा अनुसन्धानकर्ताहरू बीचको सहयोगी प्रयासहरूले आयुर्वेदिक उपचारहरूको प्रमाण-आधारित प्रमाणीकरण गर्न नेतृत्व गर्न सक्छ, यसले स्वास्थ्य सेवा पेशेवरहरू र जनता दुवैलाई अझ स्वीकार्य बनाउँछ । अनुसन्धानलाई प्रोत्साहित गर्नाले आयुर्वेदलाई मूलधारको औषधिसँग एकीकरण गर्न पनि सहज बनाउनेछ, जटिल स्वास्थ्य अवस्थाहरूको उपचारका लागि नयाँ बाटोहरू खोल्नेछ।

आयुर्वेदका अनुपम लाभहरू र यसको गहिरो जरा गाडिएको सांस्कृतिक सम्पदालाई उजागर गर्न जनचेतना अभियानहरू सञ्चालन गर्नुपर्छ । यी अभियानहरूले गलत धारणाहरू हटाउन र प्रणालीमा विश्वास बढाउन सक्छ, धेरै मानिसहरूलाई आयुर्वेदलाई व्यवहार्य स्वास्थ्य सेवा विकल्पको रूपमा विचार गर्न प्रोत्साहित गर्दछ । सामुदायिक कार्यक्रम, कार्यशाला र मिडिया आउटरिचले सही जानकारी फैलाउन र आयुर्वेदलाई आम जनतामाझ पहुँचयोग्य बनाउन ठूलो भूमिका खेल्नेछ ।

अन्तमा, नेपालमा आयुर्वेद चिकित्सा प्रणालीलाई व्यवस्थित र लोकप्रिय बनाउन सरकारी सहयोग, अनुसन्धान पहल, जनचेतना अभियान र आधुनिक स्वास्थ्य सेवासँग एकीकरण गर्ने बहुआयामिक रणनीति चाहिन्छ । यी उपायहरू लागू गरेर, आयुर्वेदले सम्मानित र प्रभावकारी चिकित्सा प्रणालीको रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ, जसले नेपाली जनता र व्यापक विश्वव्यापी समुदाय दुवैलाई फाइदा पुर्‍याउँछ ।

 

१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (४)

(क) समर्पित भएका छन् जो सदा न्यायखातिर

संसारमा उठेका छन् तिनैका विजयी शिर ।

उत्तर : प्रस्तुत कविता उद्धरण उज्यालो यात्रा कविताबाट साभार गरिएको हो । यस कविताका लेखक नेपाली साहित्यका प्रसिद्ध कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा कविले असल मानिस बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव प्रस्तुत गरेका छन् । अन्याय अत्याचारविरुद्ध बलिदानी दिने मानिसहरु संसारभर महान् र विजयी मानिस बनेर चिनिएका छन् भन्ने बुझाउने सन्दर्भमा प्रस्तुत कवितांश आएको हो ।

हामी मानिस सामाजिक प्राणी भएकाले आफ्नो मात्र खुसी हेरेर हुँदैन । हामीले अन्याय अत्याचार सहेर बस्नुहुँदैन । हामी सधैँ अन्याय, कुरीति, शोषण हटाउने काममा लाग्नुपर्छ । समाजमा रहेका विकृति विसङ्गति हटाउनुपर्छ । जनाताको न्यायका लागि आवाज उठाउनुपर्छ। न्याय स्थापनाका लागि मर्नु परे पनि तयार हुनुपर्छ । देशमा प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि कैयौँ व्यक्तिहरुले आफूलाई समर्पित गरे । ती व्यक्तिहरु सहिद बनेर इतिहासका पानामा सुनौला अक्षरले नाम लेखाउन सफल भए । आफू मरेर गए पनि जनतालाई अत्याचारबाट मुक्त गरे । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायत सहिदहरुका कारण हामीहरु शिर उठाएर बाँच्न पाएका छौँ। त्यस्तै अङ्ग्रेजसँग लडेर देशको स्वाभिमान रक्षा गर्नेहरु संसारभर विश्वविजेता भनेर चिनिएका छन्। आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त नभएर न्यायखातिर लड्नेहरू विश्वकै गौरव भएर रहन सक्छन् ।

यसरी खातिर, तिर जस्ता अनुप्रासयुक्त शब्द प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको यस कवितांशमा हामीलाई न्याय स्थापनाका लागि जुट्न आग्रह गरिएको छ । वीरहरुको त्याग र तपस्याले नै हाम्रो शिर सदा ठाडो रहने कुरा स्पष्ट पार्न खोजिएको छ।

 

१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

() दिइएको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग सङ्गत गरे सबैलाई तिनीसँग बापवैरी साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यस घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो, 'तपाईंलाई कसैमाथि शङ्का छ ?' कृष्ण रायले गम्भीर भएर उत्तर दिए, 'रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ... ।'

प्रश्न:

(अ) कृष्ण रायका मनमा उत्पन्न मानसिक उतारचढावलाई 'शत्रु' कथाका आधारमा समीक्षा गर्नुहोस् ।

उत्तरः विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानिक कथा हो। यसमा कथाको मुख्य पात्र कृष्णरायको मनोविज्ञानको चर्चा गरिएको छ । सधैं आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले आफूमाथि भएको लठ्ठी प्रहारबाट सबैलाई शत्रुको घेरामा राखेको कुरा देखाइएको छ । एउटा झगडामा सबभन्दा निर्दोष काम त्यो झगडाकोमध्यस्थ हुनु हो। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन मध्यस्थ एउटा न एउटाको शत्रु हुनैपर्छ भन्ने ज्ञान कृष्ण रायले आर्जन गरे भन्ने कुरा कथामा उल्लेख गरिएको छ । आफूले कसैलाई चित्त नदुखाएको, रुपियाँ कमाउँदा अरूलाई पीर नपारेको आफूसित सबैथोक भएको सबैभन्दा ठुलो शत्रु नभएको सम्झेर मक्खपरेर सुतेको बेलामा कसैले आफूमाथि लठ्ठी प्रहार गरेपछि उनको भ्रम टुट छ । अनि उनले आफ्ना कार्यको बारेमा समीक्षा गर्न बाल्छन् र आफ्ना हुनसक्ने शत्रु सम्झन थाल्छन् । आफू मध्यस्थ भएर गरेका न्यायमा सधैं एकपक्ष दुस्मन भएको सम्झे चाहे तो गोविन्द पण्डित हुन् वा मास्टर । त्यस्तै काम गर्ने नोकरलाई पनि त उनले बकाएका थिए। रेलमा पनि झगडा भएको थियो । नौकरी खोज्दै आउनेलाई नोकरी नदिइएर उपदेश दिएका थिए आदि घटना सम्झन पुग्छन् । लठ्ठी प्रहार अगाडिसम्म आफुलाई शत्रुबिहिन ठान्ने कृष्ण रायले घटनाको छानबिनको लागि आउने इन्सपेक्टरसँग सम्भावित शत्रुका अनगिन्ती सुची दिएबाट कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई प्रस्ट्यउन सकिन्छ ।

२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

 

(ख) विद्युतीकरण र उद्योग

उत्तर: विद्युतको शाब्दिक अर्थ प्रकाश, ताप आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराउने शक्ति अर्थात् बिजुली हो । भने उद्योग भनेको कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम वा उध्धम भन्ने बुझिन्छ । यसरी हेर्दा राष्ट्रनिर्माणका लागि वा कुनै पनि विकास गर्न वा कार्य सफलीभूत पार्नका लागि विद्युतीय शक्तिको महत्तालाई नकार्न नसकिने भएकाले विद्युतीकरण आवश्यक छ । नेपालका गर्भ र छातीमा अनन्त जलाशय छन् र जलप्रवाह विद्यमान छ जसबाट निकाल्न सकिने बिजुलीका हिसाबले नेपाल एसियामा प्रथम र विस्वमा ब्राजिलपछी दोस्रो स्थानमा पर्न आउँछ । त्यसैले विद्युतीकरण सम्भव छ । औद्योगीकरणका लागि पूर्वाधार बिजली भएकाले विद्युतीकरणविना उद्योग कल्पना गर्न सकिन्न ।

विद्युत उत्पादन र दुई ठूला राष्ट्रबीच स्वतन्त्र अस्तित्वमा रहेको नेपालको औद्योगीकरणले विश्वबजारमा औद्योगिक उत्पादनको खपत तथा व्यापारीकरणका लागि दीर्घकालीन सम्भावनालाई मध्यनजर राख्नुपर्ने देखिन्छ । एकातिर राष्ट्रिय ऊर्जाका रूपमा खपत भइरहेको इन्धन समस्या जस्तै तेल, दाउरा आदिको समाधानार्थ विद्युतीकरण अपरिहार्य आवश्यकता हो भने कृषि शिक्षा स्वास्थ्य, यातायात तथा उद्योग व्यवसाय फस्टाउनका लागि दिगो आर्थिक विकासका लागि, राष्ट्रिय अर्थतन्त्रका मेरुदण्डका रूपमा विद्युतीकरण अत्यावश्यक छ औद्योगीकरण आधुनिकीकरणको बीजारोपणका लागि अनिवार्य प्रक्रिया हो ।

देश विकासका लागि नेपालजस्ता राष्ट्रले सर्वप्रथम उद्योग व्यवसाय फस्टाउनका लागि विकासका पूर्वाधार तयार गर्नुपर्छ । बिजुलीबाट सञ्चालन हुने कलपूर्जादेखि उद्योग व्यवसाय तथा जीवनशैलीका हरेक पक्षमा बिजुलीजन्य उत्पादनको उपयोग गर्ने परिपाटी बसेको हुँदा विद्युतबिनाको दैनन्दिनी असम्भवप्रायः भइसकेको छ । यसका लागि घरघरमा बिजुली पुऱ्याउनुपर्दछ भने नियमितरूपमा बिजुली आपूर्ति गरी उद्योगधन्दा सुचारु गर्नका लागि सजग हुनुपर्दछ । सस्तोदरमा बिजुली उत्पादन गरी वातावरण प्रदूषण गर्ने खालका ऊर्जाको उपयोगमा कमी ल्याई विश्वव्यापी तापमानको वृद्धिप्रति ठोस कदम चाल्न सकिन्छ । यतिमात्र होइन विद्युतीकरणबाट अन्य फाइदा लिन सकिन्छ । मानवविकासका लागि आवश्यकताको चरण पार गर्दै आत्याधुनिकतातर्फ लम्कनेहरूका लागि विद्युत् आधारभूत आवश्यकता । त्यसैले आज विद्युतीकरण र उद्योग नङ र मासुझै गाँसिएको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा प्राविधिक ज्ञान, दक्ष जनशक्ति, पुँजीको अभाव र अव्यवस्थित बजार तथा दीर्घकालीन अल्पकालीन नीतिका कमजोरी जस्ता विविध कारणले विद्युतीकरण आवश्यक मात्रामा हुन सकेको छैन । जसको परिणति देश औद्योगीकरणबाट टाढै छ । एकातिर विद्युत् उत्पादन गर्न सक्ने क्षमता भए पनि पानी बगेर खेर गइरहेको छ, अपार धन चुहिरहेको छ भने अर्कातर्फ विकास र बृद्धिमा पछि पर्दै अँध्यारोमा देश पिल्सिरहेको अवस्था देखिन्छ । छरिएर रहेको पूँजी, आफ्नै प्रविधि र सीप, राष्ट्रिय आवश्यकता, आर्थिक नीति, तथा दीर्घकालीन योजनाप्रति चनाखो हुनसके कृषि, स्वास्थ्य, सञ्चार, यातायात, शिक्षा, लगायतका हरेक क्षेत्रको औद्योगिक वातावरण बनाउन विद्युतीकरण गर्नुपर्दछ । विद्युतीकरणविना युगेच्छानुरूप उद्योगहरू फस्टाउँदैन । विकासका लागि औद्योगीकरण र औद्योगीकरणका लागि विद्युतीकरणको महत्ता बुझ्न अब विकासोन्मुख राष्ट्रका लागि अति जरुरी भैसकेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.